रौतहटमा भूमाफियालाई ठूलो धक्का, व्यक्तिले कब्जा गरेका १सय २२ विग्हा जग्गा नेपाल सरकारको नाउँमा कायम

Byदूधमती साप्ताहिक

२८ कार्तिक २०७७, शुक्रबार ०८:०४ २८ कार्तिक २०७७, शुक्रबार ०८:०४ २८ कार्तिक २०७७, शुक्रबार ०८:०४

दूधमती समाचारदाता
जनकपुरधाम
वनको जग्गा केही व्यक्तिले आफनो नाउँमा गराएपछि डिभिजन वन कार्यालय रौतहटको सक्रियतामा ती व्यक्तिहरुको जग्गाको श्रेष्ता खारिज गरिएको छ । श्रेष्ता खारिज गरिएपछि १ सय २२ विग्हा जग्गा अब नेपाल सरकारको नाउँमा कायम गरिएको छ । यो निर्णय पछि भूमाफियाहरुलाई ठूलो धक्का लागेको छ ।
रौतहटको गुजरा नगरपालिकामा वन क्षेत्र कब्जा गरी २२ जनाले आफनो नाउँमा गराएका थिए । सो जग्गा वनका रहेकाले वनकै रहनु पर्ने भनेर सो जिल्लाका वन अधिकृत विनोद सिंहले प्रयास गरेका थिए । उहाँकै प्रयासको फलस्वरुप सो जग्गा बाँचेको बताइएको छ । सो जग्गाको लागत कट्टा गर्न जिल्ला मालपोत कार्यालय चन्द्रपुरमा २०७६ पुस ९ गते पठाइएको थियो । सो जग्गाका लागि सुरक्षा समितिले २०७७ कातिक २६ गते बसेको बैठकले राष्ट्रिय वनको जग्गालाई फिर्ता गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नु होस्

corona

corona update