दूधमती समाचारदाता
जनकपुरधाम
प्रदेश १ को राजधानी विराटनगरमा मैथिली ब्राह्मणहरु संगठित भइरहेको छ । एकातिर संगठन विस्तारको कार्य भइरहेको छ भने अर्को तर्फ ब्राह्मण उत्थानका कार्यहरुलाई निरन्तरता दिदै छ । मैथिल ब्राह्मणहरुको पारिवारिक विवरण स्मारिका पुस्तिका पनि निकालिएको छ । सो पुस्तिकाको विमोचन गर्दै मैथिल ब्राह्मण महासभाका केन्द्रिय अध्यक्ष ई.भगवान झाले मैथिल ब्राह्मणहरुलाई खसआर्यको श्रेणीमा राखी विभेद गरेको आरोप लगाएका छन् । कार्यक्रममा बोल्दै ई.झाले सम्पूर्ण मैथिल ब्राह्मणलाई एकताबद्ध हुनुपर्ने बताएका छन् । मैथिल ब्राह्मण महासभा जिल्ला यूवा कार्य समिति मोरङको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा झाले आफुहरु अल्पसंख्यक रहेको जनाएका थिए ।
महासभाका जिल्ला कार्य समिति मोरङका अध्यक्ष डा. सुरेन्द्र नारायण मिश्रको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ई.झाले मैथिल ब्राह्मणहरु अल्पसंख्यामा रहेकोले अल्पसंख्यक सूचिमा दर्ता गराउन अगामी दिनमा अन्दोलन समेत गर्नु पर्ने बाध्यता रहेको जानकारी गराए । झाले मैथिल ब्रह्मण महासभा जातिय संस्था भएपनि मिथिलाका सम्पूर्ण जातजातिको पहिचान स्थापित गर्न मिथिला संस्कृति अध्ययन केन्द्र स्थापना गर्न लागेको समेत बताए ।


कार्यक्रममा मैथिल ब्राह्मण महासभा जिल्ला कार्यसमिति मोरङ र मैथिल ब्राह्मण महासभा जिल्ला युवाकार्य समिति मोरङ विराटनगरका पदाधिकारी, सदस्य एवं सल्लाहकार गरी ३२ जनालई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा मैथिली सेवा समितिका अध्यक्ष डा.एस एन झा, मिथिला टाइम्सका सम्पादक रामरिझन यादव, मैथिल ब्रह्मण महासभा सप्तरीका अध्यक्ष राघवेन्द« झा , मैथिल ब्रह्मण महासभा सिरहाका अध्यक्ष नरेन्द्र झा, मैथिल ब्रह्मण महासभा प्रदेश २ युवा संघका अध्यक्ष जानकी रमण झा, अप्पन विराटगढ परोपकार समाजका अध्यक्ष बसुन्धरा झा, श्री राजदेशी संगित कला केन्द«की अध्यक्ष विद्या मिश्रा,हिन्दुस्तान टाईम्सका वरुण मिश्र, अन्तराष्ट्रिय मिथिला महोत्सव जोग्बनीकासंयोजक माला मिश्रा,मधेसी महिला नागरिक समाज विराटनगरकी अध्यक्ष आशा झा, प्रकाश नारायण झा, राजेश झा, प्रिति झा लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा प्रमुख अतिथी ई. झालाई मैथिली ब्राह्मण रत्नले सम्मान समेत गरिएको थियो

यो पनि पढ्नु होस्

corona

corona update