दूधमती समाचारदाता
जनकपुरधाम
पर्व तिहारको बेलापनि सीमा नखोलिएकोमा नेपाल भारत खुल्ला सीमा संवाद समूहले कडा विरोध गरेको छ । समूहका संयोजक राजीब झाले एक प्रेस विज्ञपित प्रकाशित गरी नेपाल भारतको सम्बन्ध खराब गर्न सीमामा यत्रो दिनदेखि रोक लगाएको आरोप लगाएका छन ।


समूहले केही दिन अघि जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री केपी शर्मा ओली लाई सीमा खोल्न ज्ञापनपत्र पठाएका थिए । सीमा बन्द हुँदा पनि नेपाल भारतका हजारो व्यक्ति ओहोर दोहोर गरिरहेका छन । भन्सार नजिक मात्रै सीमा रोकिएको छ अन्य ठाउँ भएर मानिसहरु ओहोर दोहोर गरिरहेका छन । तस्कारीका कार्यपनि युद्धस्तरमा भइरहेको छ । गलत कार्य रोक्न पनि सीमा खोल्नु पर्छ संयोजक झाले वताए । सीमामा अबरोधका कारण प्रदेश २ को पर्यटन क्षेत्र निकै प्रभावित भएको छ ।
छठ पछि यसै विषयलाई लिएर आन्दोलन गर्ने समूहले विज्ञप्ति मार्फत चेतावनी दिएका छन । सीमा क्षेत्रमा स्वास्थ्यकर्मी राखेर चेकजाँच बढाउनुस तर सीमा बन्द गर्नु उचित नरहेको संयोजक झाको सल्लाह रहेको छ । चेकजाँच नहुने गरेका कारण कोरोनाको खतरा रहेको स्वास्थ्यकर्मी हरु बताउँछन ।

यो पनि पढ्नु होस्

corona

corona update