सुजीतकुमार झा
जनकपुरधाम, १ कातिक ।
धनुषा जिल्लाको नगराइन नगरपालिकाको जटहीमा पिपरा मईन सिंचाई योजनाको शिलान्यास गरिएको छ । सो सिंचाइले ३ सय ५० हेक्टर जग्गामा पानी पुग्ने जलस्रोत तथा सिंचाई विकास डिविजÞन जनकपुरधामका प्रमुख भगवान झाले जानकारी दिएका छन ।


शिलान्यास गर्दै जनता समाजवादी पार्टीका नेता एवं सांसद राजेन्द्र महतोले खेत खेतमा पानी र किसानलाई जबसम्म सहज रुपमा मल उपलब्ध हुदैन कृषि क्षेत्रको विकास नहुने वताए । प्रदेश २ देशको अन्न भण्डार रहेको संघिय सरकार अहिलेसम्म बुझन नसकेको बताउँदै उनले भने प्रदेश सरकारले सिंचाई, मलखाद्यको उद्योग खोल्न, कृषि विमा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढाउनु पर्छ ।
भौतिक पूर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले प्रदेश सरकार सिमित बजेट र न्यून कर्मचारी लिएर चलाउनुपर्ने बाध्यता रहेको बताए । सीमित स्रोतसाधनका बाबजूद हामीले काम गरिरहेको वताउँदै उनले भने जनताको हितैसी मधेशवादी दल मात्रै रहेको छ ।
नेपाली कांग्रेसका नेता एवं सांसद स्मृतिनारायण चौधरीले आफनो गाउँमा किसानका लागि केही गरौ धेरैदिन देखि योजना रहेको त्यसका लागि जलस्रोत तथा सिंचाई विकास डिविजÞन कार्यालयलाई आग्रह गरेर ल्याएको जानकारी दिए । सिचाईले नगराइन नगरपालिकाका किसानलाइए ठूलो राहत पुग्ने समेत उनले वताए ।
जलस्रोत तथा सिंचाई विकास डिविजÞन जनकपुरधामका प्रमुख भगवान झाको अध्यक्षतामा भएको सो समारोहमा प्रदेश सांसद परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीताकुमारी मिश्र, किसान रौहित चौधरी, स्मृति मिश्रा लगायतले बोलेका थिए ।
११ करोडको लागतमा निर्माण हुने सो सिंचाई योजना दूई आर्थिक वर्षमा निर्माण हुने लक्ष्य रहेको छ ।

यो पनि पढ्नु होस्

corona

corona update