कपडा पेल्ने मेसिनमा हात च्यापिएर महोत्तरीको बर्दिबासमा एक किशोरको मृत्यु

Byदूधमती साप्ताहिक

३० आश्विन २०७७, शुक्रबार ०५:४१ ३० आश्विन २०७७, शुक्रबार ०५:४१ ३० आश्विन २०७७, शुक्रबार ०५:४१

दूधमती समाचारदाता
जनकपुरधाम, ३० असोज ।
कपडा पेल्ने मेसिनमा हात च्यापिएर महोत्तरीको बर्दिबास नगरपालिका–६ मा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन ।
बर्दिबास–६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ नम्बरको ट्याक्टरमा कपडा पेल्ने क्रममा बिहीबार साँझ किशोर धोबीको दाहिने हात च्यापिएको थियो । अत्यधिक रक्तश्राव भइरहेको किशोर धोबीलाई तत्काल धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचारको लागि पठाइएको र त्यहाँ सामान्य उपचारपश्चात विशेष उपचारको लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा पठाइएकोमा उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नु होस्

corona

corona update