Home / news / पत्रकार एवं समाजसेवी रामअशिष यादवलाई दरभंगामा सम्मान

पत्रकार एवं समाजसेवी रामअशिष यादवलाई दरभंगामा सम्मान

दूधमती समाचारदाता
जनकपुरधाम, कातिक १८ ।
पत्रकार एवं समाजसेवी रामअशिष यादवलाई भारतको दरभंगामा एक समारोहका बीच सम्मान गरिएको छ । कला संस्कृतिका अतिरिक्त समाजिक कार्यमा महत्वपूर्ण योगदानका लागि विद्यापति सेवा संस्थानले मिथिला विभूति सम्मानले सम्मानित गरेको छ ।
यादवका अतिरिक्त नेपालका भागवताचार्य पण्डित अमृतनाथ मिश्र र हिन्दुस्तान दैनिक पटनाका वरिष्ठ समाचारदाता विनोद वन्धुलाई सम्मान गरिएको छ । मिश्रलाई मरणोपरान्त सम्मान दिएको छ ।
सो अवसरमा बोल्दै विद्यापति सेवा संस्थानका महासचिव वैद्यनाथ चौधरी वैजुले भन्नुभयो पत्रकार यादवले समाजसेवा, सफाई र ग्रिनका लागि गरेको कार्यको चर्चा जनकपुर वा नेपालमा मात्रै होइन भारतमा पनि भइरहेको छ ।
सो अवसरमा विभिन्न विशिष्ट विद्वानहरुले पनि बोल्नु भएको थियो ।

About Sujeet Jha

Check Also

दूधमती साप्ताहिकको तेस्रो वार्षिकोत्सव, व्यवसायी प्रमोद चौधरी र पत्रकार बटुकनाथ झा सम्मानित ।। प्रजातन्त्रको अक्सिजन सञ्चार रहेकाले यसको विकासले प्रजातन्त्र सुर्दिढ हुनेः मन्त्री विजय यादव

दूधमती समाचारदाता जनकपुरधाम, जेठ २९ । जनकपुरबाट प्रकाशित दूधमती साप्ताहिकको तेस्रो वार्षिकोत्सवको अवसरमा पत्रकारिता र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com