दूधमती समाचारदाता
जनकपुरधाम, १३ असोज ।
नेपाल तराई ईन्जिनियर्स समाजको राहत वितरण टोली सर्लाही पुगेको छ । सो टोलीले सर्लाहीको रामनगर गाउँपालिका वडा नं ४ बैठा टोलमा रहेका १ सय १ दलित घरपरिवारलाई चामल, दाल सहित खाद्यन्न राहत तथा मास्क र सेनिटाईजर वितरणको छ । उक्त घरपरिवारले पछिल्लो छ महिनामा पहिलो पटक राहत पाएको स्थानीयहरुले बताए ।
समाजका प्रदेस २ अध्यक्ष भगवान झा र केन्द्रीय महासचिव दिपेन्द्र साह नेतृत्वमा राहत बितरण अभियान प्रदेशभरी चलिरहेको छ । इन्जिनियरहरु आफना तलबबाट केही पैसा बचाएर यसप्रकारको अभियान चलाई रहेका छन । हामी मिठो खाना खाने तर दलित भाई बहिनी भोको बस्ने यो हामीसंग हुँदैन अध्यक्ष झाले बताए । सकारात्मक सोच र सामुदायिक बिकासका लागि नेपाल तराई ईन्जिनियर्स समाजले अभियान संचालन गरेको उनले बताए ।
जनता समाजवादी पार्टीका नेता मनिष मिश्राले बैठा टोल बिकासमा निकै पछाडी परेकाले बिकास निर्माणको योजना उपलब्ध गराउन नेपाल तराई ईन्जिनियर्स समाज मार्फत सरकारलाई आग्रह गरेका छन ।


नेपाल तराई ईन्जिनियर्स समाज ले यस अघि धनुषा, सिरहा, महोत्तरीका गरीब र दलितहरुलाई राहत बितरण गरि सकेको समाजका केन्द्रीय महासचिव दिपेन्द्र साहले बताए ।
कोरोना संक्रमणवाट बच्ने उपायहरु सम्बन्धमा समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

यो पनि पढ्नु होस्

corona

corona update