दूधमती समाचारदाता
जनकपुरधाम, ११ असोज ।
प्रदेश २ को विभिन्न जिल्लामा राहत वितरण अभियान शुरु गरेका नेपाल तराई ईन्जिनिर्यस समाजले सिरहा जिल्लामा पनि सो कार्यलाई निरन्तरतरता दिएको छ । जिल्लाको नवराजपुर, जगतपुर र छजनाका दलितहरुलाई सो राहत दिइएको छ । राहत लिएर इन्जिनियरहरुको टोली गाउँमै पुगेको थियो ।
समाजका अध्यक्ष भगवान झाको नेतृत्वमा दिइएको सो राहत कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंडेलको पनि उपस्थिति रहेको थियो । सोक्रममा मास्क र सेनिटाइजर पनि वितरण गरिएको छ । कोरोना संक्रमण बढीरहेको बेला यसवाट बच्ने उपायहरुको सम्बन्धमा पनि जानकारी गराइएको थियो ।


असोज १२ गते सोमवार सर्लाहीको सिसौटको १ सय १ दलित तथा बिपन्न परिवारलाई राहत तथा मास्क र सेनिटाईजर वितरणको पनि कार्यक्रम रहेको समाजका अध्यक्ष झाले बताए ।
यसअघि धनुषा र महोत्तरीको विभिन्न स्थानमा समाजले राहत वितरण गरेका थिए ।

यो पनि पढ्नु होस्

corona

corona update