दूधमती समाचारदाता
जनकपुरधाम, ६ असोज ।
चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएपछि देशको विभिन्न स्थानमा नेपालीहरुले विरोध गरेका छन । नेपाली भूमिमा घर बनाएकाहरुलाई तत्काल हटाउन उनीहरुले मांग गरेका छन ।
लम्बिनी नागरिक समाजले लुम्बिनीमा विरोध प्रदर्शन गरेको छ । प्रहरीको हस्तक्षेपका बावजुद तिनीहरुले विरोध प्रदर्शन गरेको छ । भीड जुटीरहेको बेला प्रहरीले हस्तक्षेप गरेका थिए । जसपाका स्थानीय नेता तथा नेपाल भारत खुला सिमा संवाद समूहका रुपन्देही अध्यक्ष महेन्द्र गुप्ताको नेतृत्वमा सो प्रदर्शन गरिएको छ ।


अजाद गुप्ता, मनोज यादव, राकेश गुप्ता, घन्श्याम लोघ, बिनोध लोघ, सुरेन्द्र हरिजन, दिलिप यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । सो क्रममा चिन विरुद्ध नारावाजी पनि गरिएको छ ।

यो पनि पढ्नु होस्

corona

corona update