प्रदेश २ मा थप चार जना कोरोना संक्रमितको आज मृत्यु, मृत्यु हुनेको संख्या १ सय २०

Byदूधमती साप्ताहिक

४ आश्विन २०७७, आईतवार १३:२८ ४ आश्विन २०७७, आईतवार १३:२८ ४ आश्विन २०७७, आईतवार १३:२८

सुजीतकुमार झा
जनकपुरधाम, ४ असोज ।
प्रदेश २ मा थप चार जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । पर्सामा दुई, बारा र रौतहटमा एक–एक जनाको मृत्यु भएको प्रदेशको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका ४ विर्ताका ६८ वर्षीय र वडा नम्बर ६ रेशमकोठीका ८८ वर्षीय पुरुषको तथा बाराको कलैया उपमहानगरपालिका( १३ बलिराम टोलका ६५ वर्षीय, रौतहटको गौर नगरपालिका १ का ६१ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको प्रदेश २ का प्रदेश जनस्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिएका छन ।
योसँगै प्रदेश २ मा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । मन्त्रालयका अनुसार धनुषामा १५, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा नौ, सर्लाहीमा पाँच, रौतहटमा ६, बारामा १८, पर्सामा ४२ र एकजना भारतीय नागरिकको संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा ८८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक झाका अनुसार सिरहामा १८, रौतहटमा २६, सर्लाहीमा आठ, पर्सामा १२ र सप्तरीमा १८ जना संक्रमित थपिएका हुन् ।
उनका अनुसार थपिएका सबैको स्वास्थ्य अवस्था समान्य छ । योसँगै प्रदेशमा संक्रमितको संख्या १२ हजार ९ सय ४६ पुगेको छ ।

यो पनि पढ्नु होस्

corona

corona update