Home / राजनीति / जनताको दवावमा फोरम र राजपा बीच गठवन्धन भएकोः उपेन्द्र यादव ।। नयाँ शक्ति पार्टी २ नम्बर प्रदेशका संयोजक डा. सुरेन्द्र यादवद्वारा फोरममा प्रवेश

जनताको दवावमा फोरम र राजपा बीच गठवन्धन भएकोः उपेन्द्र यादव ।। नयाँ शक्ति पार्टी २ नम्बर प्रदेशका संयोजक डा. सुरेन्द्र यादवद्वारा फोरममा प्रवेश

सुजीतकुमार झा ।
जनकपुरधाम, असोज २४ ।
संघिय समाजवादी फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले जनताको दवावमा फोरम र राजपा बीच गठवन्धन भएको बताउनु भयो ।दूबै पार्टीलाई मिलेर चुनाबमा जानुपर्छ आम मधेशीको चाहना बमोजिम गठवन्धन गरेको बताउँदै उहाँले भन्नुभयो दूई नम्बर प्रदेशमा दूई तिहाई बहुमतका साथ जितेर देखाउने छु ।


जनकपुरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले काँग्रेसको नाउँ लिएरै भन्नुभयो मधेशी जनताको भावना जिते भने मात्रै गठवन्धन हुनेछ । उहाँले काँग्रेससँग गठबन्धन नभएपनि केहीसिटमा तालमेल गरेर अघि बढने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
मधेशी पार्टीलाई मजगुत बनाउन सबैसँग उहाँले आग्रह गर्नुभयो ।
नयाँ शक्ति पार्टी नेपालका २ नम्बर प्रदेशका संयोजक डा. सुरेन्द्र यादव सो पार्टी परित्याग गरी फोरममा आज प्रवेश गरेका छन ।

सो अवसरमा नवप्रवेशी डा. यादवले डा. बाबुराम मधेश विरोधी एमाले पार्टीसँग मिलेर मधेशी दलित जनजाती पार्टीसँग मिलेर अधिकार विहिनसँग खेलवाड गरेको आरोप लगाउनु भयो ।

About Sujeet Jha

Check Also

स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउत सर्मथकहरुद्वारा जनकपुरमा प्रदर्शन, प्रदेश २ का सरकारले संघिय सरकारको एजेन्टको रुपमा कार्य गरिरहेका राउतको आरोप

दूधमती समाचारदाता जनकपुरधाम, असाज ३ । स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउत सर्मथकहरुले प्रहरीको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com