सुजीतकुमार झा
जनकपुरधाम, ३ असोज ।
नेपाल तराई इन्जिनियर्स समाजले धनुषाको मिथिला बिहारी नगरपालिकामा राहत वितरण गरेको छ ।
धनुषा र महोत्तरीको विभिन्न गाउँमा राहत वितरण अभियान अन्तर्गत शुक्रवारदेखि राहत वितरण शुरु गरिएको छ ।
मिथिला विहारी नगरपालिमा ५० जनालाई चाबल १० किलो, रहर दाल २ किलो, आलु २ किलो, प्याज २ किलो, सोयाविन २ किलो, नून १ किलो, नुहाउने साबु १ वटा, कपडाको साबुन १ वटा, मास्क र सेनिटाइजर पनि वितरण गरिएको छ ।


एशोसिएशनका प्रदेश अध्यक्ष भगवान झाले खानको अभावमा जनता मर्नु हुदैन यो सोचका साथ आफूहरुले अगाडि बढेको जानकारी दिए । उनले भने जोसंग खाद्यन्न छ उसले जोसंग छैन उसका लागि केही गर्नु अनि मात्रै समाजबाट विषमता हटने छ । राहत र जनचेतना एकसंगै दिने कार्य सो संस्थाले गरिरहेको छ । कारोनाबाट बच्न के गर्नुपर्छ यससम्बन्धमा जानकारी दिने गरिएको छ ।
प्रदेश २ सरकारले २ पटक प्रदेशभरी राहत वितरण गरेका थिए भने केही नगरपालिका र गाउँपालिकाले एक पटक राहत वितरण गरेका थिए । यसवाहेक स्थानीय संघसंस्था र स्थानीय समाजसेवीहरुले नै राहत वितरण कार्यमा सहभागि रहेको देखिएको छ ।
नेपाल तराई इन्जिनियर्स समाजका केन्द्रिय महासचिव दीपेन्द्रकुमार साहले दैनिक काम गरेर गुजारा गर्नेहरुको अवस्था एकदमै दयनिय रहेको चर्चा गर्दै पेशागत संस्था र समाजसेवीहरुले राहत वितरण अभियानमा वलदिनु पर्ने आवश्यक्ता रहेको उल्लेख गरे ।
समाजले सशस्त्र प्रहरीलाई पनि मास्क, सेनिटाइजर वितरण गरेको छ । सो सामग्री सशस्त्रको कार्यालयमा प्रहरी उपरीक्षकले बुझेका थिए । दूई हजार मास्क र २ सय सेनिटाइजर रहेको थियो ।

यो पनि पढ्नु होस्

corona

corona update