सुजीतकुमार झा
जनकपुरधाम, २ असोज ।
जनकपुरधामको स्टेशनमा आज विहानै देखि मानिसहरुको चहल पहल थियो । कति वेला रेल आउनेछन सबैले प्रतिक्षा गर्दै थिए । बिहिवार भारतको जयनगर रेल्वे स्टेशनमा भारतीय रेल आएको खबर सञ्चार माध्यममा आएपछि देखि स्थानीयले रेलको प्रतिक्षा गर्न थालेका थिए । म त मनिगंवाकमै रेल्वे स्टेशन पुगेको थिए जनकपुरधाम ४ का रञ्जन झाले वताए । ५० वर्षिय झा विहानदेखि त्यही बसीरहेका थिए । पहिलो चोटी नागरिकको हैसियतले स्वागत गर्ने मैले संकल्प लिएको थिएउनले वताए ।
रञ्जन झा जस्ता दर्जनो व्यक्ति यस्तै विहानदेखि जनकपुरधामको रेल्वे स्तेशनमा प्रतिक्षामा थिए । जनकपुरधाम २ का मोहन साह पनि रेल आएपछि ताली बजाएर स्वागत गरेका छन । रेल आएपछि रेल्वे स्टेशनमा यति भीड बढेको थियो प्रहरी लगाउनु परेको थियो । सबै एक झलक हेर्न चाहन्थे । यत्रो भीड हुँदा पनि मैले एउटा सेल्फी ििलन भ्याएकोे जनकपुरधामको एउटा निजि विद्यालयमा अध्यापन गराउने मिश्र विपिन मिश्रले वताए ।
जनक युवा कमिटीका अध्यक्ष मनोज रायले पनि सेल्फी लिएका थिए । जनकपुरधामको लागि यो ऐतिहासिक क्षण रहेको छ उनले वताए । यस्तै स्वागतका लागि जयनगरवाट जनकपुरधामको बीचमा रहेका सबै स्टेशनमा स्थानीयको भीड रहेको थियो । इनरवा, खजुरी, बैदेही, परवाहा हुँदै रेल जनकपुरधाम आइपुगेको छ ।

जनकपुरधाममा मंसिरवाट रेल चलाउने तैयारी शुरु गरिएको छ । भारतको जयनगरबाट दैनिक जनकपुरधामको कुर्थासम्म रेल चल्ने छन । भारतको मद्रासस्थित इन्टीग्रल कोच फ्याक्ट्रीमा बनेको रेल नेपालको नक्शाको रंगको रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन । भारतको मद्रासस्थित कारखानामा बनेको रेल बिहारको हाजीपुरस्थित रेल्वे स्टेसनमा ६ महिनाअघि नै आइसकेको थियो । दूई महिनामा कुनै हालतमा रेल चल्ने छ उनले दाबी गरेका छन ।
‘सम्झौता अनुसार मोबिलाइजेसनको २० प्रतिशत रकम नेपाल सरकारले बुझाइसकेको छ,’ मिश्रले भने, ‘बाँकी ८० प्रतिशत रकम रेल जनकपुरधाम आएर परीक्षण भए पछि मात्र भुक्तानी गरिने छ ।’
राम–जानकी विवाह पञ्चमीको तिथिबाट रेल सञ्चालनमा आउने भनेर गतवर्ष नै रेल विभागका पदाधिकारीले आश्वासन दिए पनि रेल जनकपुरधाम नआउँदा स्थानीय निराश भएका थिए । तर अहिले फेरी रेल चल्ने खबर मात्रै नभइ रेल जनकपुरधाम स्टेशनमै आइसकेपछि चारैतिर खुशीयाली भएको छ ।
६ वर्षदेखि रेल सेवा अवरुद्ध भएपछि बेरोजगार बनेका व्यवसायी मात्र होइन, रेल सेवा बन्द भएपछि घुमाउरो बाटोबाट गन्तव्यसम्म जान बाध्य सर्वसाधारणमा पनि यो समाचारले खुसीको सीमा रहेको छैन । सबैको एउटै स्वर छ, ‘आफ्नै मुलुकको झन्डा भएको ब्रोडगेज रेलमा सरर यात्रा गर्ने जनकपुरियाको सदीक्षा पूरा हुने भयो । चल्ने भयो, छुकछुक रेल…’ रेलको एक सेटमा पाँच वटा डिब्बा रहनेछन । ती डिब्बामा एक पटकमा करिब १३ सय यात्रु अटाउने छन । दिनमा तिनपटकसम्म ओहोर दोहर गर्ने रेल्बेको तैयारी रहेको छ ।
विगत अढाई दशकदेखि जनकपुर रेल्वे स्टेसनमा पुस्तक बिक्री गर्दै आएका राजेन्द्र कुसवाहा हाल बेरोजगार जस्तै छन । रेल्वे सञ्चालनसँगै आफ्नो पुस्तक पसल पुनः सञ्चालनमा आउने भएपछि उनान खुसीको सीमा छैन । ‘रेल्वे स्टेसनमा पसल थाप्नु भनेको व्यवसायसँगै सम्बन्ध विस्तार पनि हो,’ उनी भन्छन ।
रेल्वे सञ्चालनमा हुँदा जनकपुरधामको स्टेसन एरियामा रहेका झन्डै एक सय चियानास्ता पसल, होटल, पुस्तक तथा फलफूल, किराना पसल आदि विस्थापित भएका थिए । विस्तार क्रममा रेल्वे स्वामित्वको जग्गा खाली गराइएकाले पुराना पसले नजिकका घरमा पुनः पसल थाप्ने तयारीमा छन । ‘पाँच वर्षपछि रेलको सिटी सुन्न पाउँदा औधी खुसी लागेको छ । अब रेल गुड्ने पक्का भयो,’ रेलको सिटी सुनेर बाल्यकाल बिताएका जनकपुरधाम–१ का वडाध्यक्ष शत्रुघ्न साहको प्रतिक्रृया थियो । पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था (३५ किमि) को रेल सेवा सञ्चालन गर्ने तयारी दुवै देशका प्राविधिकले गरेका छन । दोस्रो चरणमा कुर्था–भंगहा (१७ किमि) तथा तेस्रो चरणमा भंगहा–बर्दिबास (१७ किमि) गरी कुल ६९ किलोमिटर लामो रेल विस्तार आगामी ३ वर्षभित्र पूरा हुने नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझाले बताए । भारत सरकारको रु १० अर्ब सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो । निर्माण भएको रेलमार्ग ब्रोडगेज हो । बि. स. १९८४ मा स्थापना भएको नेपालको एकमात्र रेलको आर्थिक अवस्था निकै जर्जर भएपछि भारत सरकारले सहयोगमा कार्य अगाडि वढाएको छ ।

यो पनि पढ्नु होस्

corona

corona update