सुजीतकुमार झा
जनकपुरधाम, २ असोज ।
कोरोना संक्रमणका कारण बेरोगजार हुनेको संख्या बढदै गइरहेको छ । खास गरेर गरीब र दलित परवारलाई खानसम्ममा समस्या भइरहेको छ । यही समस्यालाई ध्यानमा राखेर नेपाल तराई इन्जिनियर्स समाजले धनुषा र महोत्तरीको विभिन्न गाउँमा राहत वितरण अभियान शुरु गरेको छ ।
राहत वितरणको शुभारम्भ महोत्तरीको वलवा नगरपालिकाको बदिया गाउँमा गरिएको छ । सो गाउँका ४५ परिवारलाई चाबल १० किलो, रहर दाल २ किलो, आलु २ किलो, प्याज २ किलो, सोयाविन २ किलो, नून १ किलो, नुहाउने साबु १ वटा, कपडाको साबुन १ वटा, मास्क र सेनिटाइजर पनि वितरण गरिएको छ ।


एशोसिएशनका प्रदेश अध्यक्ष भगवान झाले राहत वितरण अभियानको शुभारम्य गर्नु भएको छ । धनुषा र महोत्तरी जिल्लाको विभिन्न स्थानमा राहत वितरण गरिने योजना रहेको उनले जानकारी दिए ।
प्रदेश २ सरकारले २ पटक प्रदेशभरी राहत वितरण गरेका थिए भने केही नगरपालिका र गाउँपालिकाले एक पटक राहत वितरण गरेका थिए । यसवाहेक स्थानीय संघसंस्था र स्थानीय समाजसेवीहरुले नै राहत वितरण कार्यमा सहभागि रहेको देखिएको छ ।
नेपाल तराई इन्जिनियर्स समाजका केन्द्रिय महासचिव दीपेन्द्रकुमार साहले दैनिक काम गरेर गुजारा गर्नेहरुको अवस्था एकदमै दयनिय भएकोले यसमा सबैपक्ष सक्रिय हुनुपर्छ वताए । राहत र जनचेतना एकसंगै दिने कार्य सो संस्थाले गरिरहेको छ । कारोनाबाट बच्न के गर्नुपर्छ यससम्बन्धमा जानकारी दिने गरिएको छ ।

यो पनि पढ्नु होस्

corona

corona update