दूधमती समाचारदाता
जनकपुरधाम, १३ भदौ ।
जनकपुरधामको समाजिक एवं धार्मिक क्षेत्रमा काम गर्ने श्री गणेश युवा कमिटीको निर्वाचन सम्पन्न भएको छ । कमिटीको उपाध्यक्ष र महासचिवमा सहमती हुन नसक्दा ति दुई पदका लागि भएको निर्वाचनमा क्रमश संजयकुमार साह र बलराम कुमार साह निर्वाचित भएका छन् । वाँकी ९ पदहरुमा यस अघिनै निर्विरोध चयन भइसकेको निर्वाचन अधिकृत दिपेन्द्र कुमार साहले बताए । उपाध्यक्षमा निर्वाचित साह एसपी खवर अनलाइनका का व्यवस्थापक पनि रहेका छन ।
निषेधाज्ञाका कारण सहमतीको प्रयास गरिएपनि सम्भव नभएपछि सुरक्षा सर्तकताका साथ आज विहान ७ः३० बजे देखि १ बजे सम्म भएको मतदानमा कुल ३ सय ६६ मतदाता मध्ये २ सय २३ जनाले मतदान गरेका थिए । उपाध्यक्ष तर्फ विजयी भएका साह १ सय ७७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी संजय साह (पुरी)ले १ सय ४४ मत प्राप्त गरे भने २ मत बदर भएको थियो । उनीहरु बिचको मत भिन्नता ३३ हो । त्यसै गरि महासचिवमा विजयी भएका बलराम कुमार साहले २ सय २ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी भरत साहले १ सय १४ मत प्राप्त गरे भने ७ वटा मत बदर भएको छ । उनीहरु बिचको मत भिन्नता ८८ हो ।
यसअघि अध्यक्षमा सन्तोष कुमार महतो, सचिवमा संजिव साह र कोषाध्यक्षमा सुशान्त गुप्ता र छ सदस्य सहित नयाँ ११ सदस्सीय कार्यसमितिको टुङ्गो लागेको निर्वाचन अधिकृत साहले बताए । सदस्यहरुमा रञ्जित कुमार यादव, सरोज कुमार भण्डारी, मनोज कुमार पुर्वे, श्रीराम साह, विश्वेश्वर महासेठ(रोशन) र हेमन्त कुमार महासेठ निर्विरोध चयन भएका हुन ।

यो पनि पढ्नु होस्

corona

corona update