सुजीतकुमार झा
जनकपुरधाम, १३ भदौ ।
मैथिल ब्राह्मण महासभाले धनुषा जिल्लाको विभिन्न स्थानका ब्राह्मणहरुलाई मास्क वितरण गरेको छ । कारोना संक्रमण बढीरहेको बेला संक्रमणवाट बच्न महासभाका संगठनमा रहेका पदाधिकारीका साथै अन्य गरीबहरुका लागि १० हजार मास्क, ५सय सेनिटाइजर र केही फेस सिल्ड वितरण गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका ७ स्थित निर्माण भइरहेको मैथिल सांस्कृतिक अध्ययन केन्द्र स्थलमा वितरण गरिएको सो कार्यक्रममा २२ गाउँपालिका र जनकपुरधामको सबै वडाका ब्राह्मण प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


कोरोना भाइरसबाट बच्न अनिवार्य मास्क लगाउनका साथै सामाजिक दूरी बनाउन समारोहमा महासभाका अध्यक्ष भगवान झाले आग्रह गर्नुभयो । घरबाट ननिस्कन समेत ब्राह्मण सहित सम्पूर्ण धनुषावासीलाई उहाँले आग्रह गर्नुभयो ।
यसप्रकारको मास्क र सेनिटाइजर अन्य जिल्लामा पनि वितरण गरिने महासभाको योजना रहेको छ ।
महासभाले नेपाल पत्रकार महासंघ धनुषालाई पनि एन ९५ मास्क १०० थान, २५ थान फेस सिल्ड र ५० थान सेनिटाइजरपनि प्रदान गरेको छ । सक्रिय पत्रकारहरु बढी जोखिममा रहेकाले सो सामग्री प्रदान गरिएको छ ।

यो पनि पढ्नु होस्

corona

corona update