सुजीतकुमार झा
जनकपुरधाम, २९ साउन ।
कोरोना संक्रमणबाट धनुषामा थप एकजना महिलाको मृत्यु भएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी ती महिलाको उपचारको क्रममा त्यही मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ६० वर्षिया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । ६ दिनअघि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको दीर्घरोगी रहेकी सो महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतक महिलाको शवलाई धरानबाट धनुषा ल्याई मिथिला नगरपालिकाको पहलमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन ।
योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यो पनि पढ्नु होस्

corona

corona update