दूधमती समाचारदाता
जनकपुरधाम, २१ साउन ।
भारतको अयोध्यामा राम मन्दिरको भूमि पूजनको खुशीयाली जनकपुरधाममा चारैतिर देखिदैछ । जनकपुरधाममा आजसंग दीपावली मनाउन सबैपक्षले आग्रह गरेको छ । जनता समाजवादी पार्टीका नेता संजय चौधरीले छोरीज्वाईको घर बनिरहेछ यो सुन्नु नै हाम्रो लागि खुशीको क्षण हो वताए । हामी जनकपुरधामबासी आज साँझ दीपावली मनाउने छौ उनले वताए ।
त्रेता युगमा मिथिलाका छोरी सीताको मर्यादा पुरुषोत्तम भगवान रामसंग बिहे भएको थियो । रामलाल टेन्टमा थिए हामीलाई पनि राम्रो लागि रहेको थिएन उनको कथन रहेको छ । चौधरीले समाजिक सञ्जालमा शुभकामना दिदै लेखेका छन भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीलाई भारतको अयोध्यामा ऐतिहासिक भगवान रामललाको मन्दिर निर्माणको लागि हुने भूमिपूजनको अवसरको उपलक्ष्यमा माता सीताको नगरी जनकपुरधामबाट धेरैधेरै बधाई तथा शुभकामना ।

यो पनि पढ्नु होस्

corona

corona update