Home / राजनीति / जनकपुरलाई महानगरपालिका बनाउनु पर्ने माँग गर्दै एमालेद्वारा प्रदर्शन

जनकपुरलाई महानगरपालिका बनाउनु पर्ने माँग गर्दै एमालेद्वारा प्रदर्शन

दूधमती समाचारदाता
जनकपुरधाम , जेठ १२ ।
जनकपुरलाई महानगरपालिका बनाउनु पर्ने माँग गर्दै नेकपा एमाले धनुषाले जनकपुरमा प्रदर्शन गरेको छ । पार्टी कार्यालयवाट निस्केको सो जुलुस नगरपरिक्रमा गरेको थियो । जुलुसका सहभागिहरुले सरकार विरुद्ध नारावाजी समेत गरेको छ ।

सरकारले तराईका दूई प्रमुख शहर वीरगंज र विराटनगरलाई महानगरपाकिा बनाएपछि जनकपुर र बुटबललाई पनि महानगरपालिका बनाउनु पर्ने नेकपा एमालेले माँग गरेको छ । एमालेले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र पनि बुझाएको छ ।
नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा प्रदर्शन गरिएको सो जुलुसमा केन्द्रिय सदस्य श्रीप्रसाद साह, नेतृ जुली महतो लगायतको सहभागिता रहेको थियो ।

About Sujeet Jha

Check Also

प्रदेश २ को फोरम राजपाको सरकारलाई प्रमुख विपक्षी दल एमाले र माओवादी केन्द्रको सर्मथन, विश्वासको मतमा सहयोग गरे ।। नेपाली काँग्रेस विपक्षमा

सुजीतकुमार झा जनकपुरधाम, फागुन १० । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com