दूधमती समाचारदाता
जनकपुरधाम, साउन १ ।
कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सूर्या नेपाल प्रालीले एक करोड रुपैया सहयोग गरेको छ ।
सूर्या नेपालका प्रतिनिधिहरु रवि केसी र नवराज बजगाईले ले आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गर्नु भएको हो ।


प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न बैंक , वितिय संस्था , विभिन्न व्यापारीक घरानाहरुले जम्मा गराएका छन । उक्त रकम बाट प्रदेश सरकारले कोरोनाको रोकथाम तथा उपचारमा खर्च गर्दै आएको छ । सो कार्यक्रममा जनता समाजवादी पार्टीका नेता ज्ञानेन्द्र झा ज्ञानु, प्रदेश सांसद रामअशिस यादव, जिल्ला समन्वय समितिका उपप्रमुख दिपक झा सहितको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नु होस्

corona

corona update