दूधमती समाचारदाता
जनकपुरधाम, २३ असार
‘कन्ज्युमेबल्स’को अभावमा आजदेखि जनकपुरधाममा हुँदै आएको कोरोना संक्रमणको पीसीआर परीक्षण ठप्प भएको छ । प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरेर सञ्चालनमा ल्याएको पीसीआर मेसिनमा प्रयोग हुने ‘कन्ज्युमेबल्स’ सकिएपछि परीक्षण ठप्प भएको हो ।समान किन्नमा प्रदेश सरकार उदासिन देखिएको छ ।
सरकारले पीसीआर मेसिनका लागि मात्रै २ करोड ७० लाख रुपैयाँ खर्च गरेको भएतापनि नतिजामूखी परीक्षण नभएपछि बन्द भएको जानकारी गराइएको छ ।


पीसीआर परीक्षणमा प्रयोग हुने ‘कन्ज्युमेबल्स’को कमीका कारण जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले आजदेखि पीसीआर रिपोर्ट आउन बन्द भएको जनाएको हो ।
लेखा शाखा र स्टोरका कर्मचारीले असहयोग गरेकाले आफूहरु सामग्री खरिद गर्न नसकेको प्रयोगशालाका प्रमुख रामविनय साहले जानकारी दिएका छन ।
उनले भने, ‘मैले पटक–पटक मन्त्रालय र सचिवलाई लिखित पत्र नै पठाइसकेको छु । तर, कसैले पनि चासो नलिएपछि यस्तो समस्या उत्पन्न भएको छ ।’ आफूलाई सामग्री खरिद गर्दा लेखा र स्टोरले समस्या खड़ा गरेको र यस विषयमा आफूले सबैलाई लिखित जानकारी गराइसकेको साहको दाबी छ ।
यस अगाडि पनि संघीय सरकारमार्फत दुईपटक प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको पोर्टेबल पीसीआर मेसिनले गलत रिपोर्ट दिएपछि परीक्ष्ण बन्द गरिएको थियो । त्यसपछि, तेस्रो पटक प्रदेश २ सरकारले रियल टाइम (आरटी) पीसीआर मेशिन जडान गरेको छ ।
सप्तरीको राजविराज तथा धनुषाको जनकपुरधाममा कोरोना भाइरस परीक्षणका लागि रियल टाइम (आरटी) पीसीआर मशिनसहित त्यससँग सम्बन्धित बिभिन्न १४ थान उपकरणहरु सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँमा खरिद गरेको छ ।
उता रौतहटको गौर जिल्ला अस्पतालमा (कोभिड(१९) रियल टाईम प्रयोगशाला स्थापना एवं सञ्चालनका लागि मन्त्रालयले १ करोड ५० लाख रुपैयाँ निकासा गरेपनि अस्पतालमा अहिलेसम्म रियल टाईम पीसीआर मेशिन जडान हुन सकेको छैन् ।
गत जेठ १९ गतेदेखि विधिवत रुपमा सञ्चालनमा आई पीसीआर परिक्षण सुरु गरेको जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले अहिलेसम्म ४ हजार ५ सय भन्दा बढि परिक्षण गरिसकेको छ ।
सप्तरीको राजविराज तथा जनकपुरमा कोरोना भाइरस परीक्षणका लागि रियल टाइम (आरटी) पीसीआर मसिनसहित त्यससँग सम्बन्धित विभिन्न १४ थानमा उपकरणहरु सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँमा खरिद गरेको छ ।
त्यस्तै, रौतहटको गौर जिल्ला अस्पतालमा कोभिड–१९ रियल टाइम प्रयोगशाला स्थापना एवं सञ्चालनका लागि मन्त्रालयले १ करोड ५० लाख रुपैयाँ निकासा गरेपनि अस्पतालमा अहिलेसम्म रियल टाइम पीसीआर मेसिन जडान हुन सकेको छैन ।
गत जेठ १९ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा ल्याएर पीसीआर परीक्षण सुरु गरेको जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले अहिलेसम्म ४ हजार ५ सय भन्दा बढी परीक्षण गरिसकेको छ ।

यो पनि पढ्नु होस्

corona

corona update