Home / राजनीति / मेयरको उम्मेदवारीका लागि जनकपुरमा रामअशिष यादवको पनि चर्चा

मेयरको उम्मेदवारीका लागि जनकपुरमा रामअशिष यादवको पनि चर्चा

सुजीतकुमार झा ।
जनकपुरधाम, बैशाख १३ ।
जनकपुर उपमहानगरपालिकाको मेयरका लागि समाजसेवी व्यक्तिहरुलाई ल्याउनु पर्ने आवाजहरु उठिरहेको बेला सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष रामअशिष यादवको नाउँ चर्चामा आएको छ । केही व्यक्तिले उहाँलाई उठाउनका लागि दबाव बनाउन शुरु गरेका छन ।

रामअशिष यादव र स्वर्गद्वार श्मसान घाटका संयोजक पवन सिंघानिया, समाजसेवी अमरचन्द्र अनिल मध्ये कुनै एक जनालाई जनकपुरको नेतृत्व दिनु पर्ने माँग केही बर्ष देखि उठिरहेको छ ।
जनकपुरमा सर सफाईमा क्रान्ति ल्याउने तथा गंगासागरमा आरती शुरु गरेर चर्चित बनेका यादवलाई उम्मेदवार बनाउने पक्षमा धेरै व्यक्ति देखिएका छन । यादवलाई राष्ट्रिय जनता पार्टीबाट उठाउनुपर्ने कतिजनाको मत रहेको छ । केही स्थानीय नेताले राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेतासंग सो सम्बन्धमा कुराकानी समेत गरेका छन ।


नयाँ शक्ति पार्टीका एकजना उच्च तहका नेताले पनि उम्मेदवारीका लागि यादवसंग यस सम्बन्धमा कुराकानी गरेको बताइएको छ । नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष समेत रहेका यादवले कुन पार्टीबाट वा कुन रुपमा उम्मेदवारी दिने पत्ता अहिलेसम्म खोलेका छैनन । केही समाजसेवी र बुद्धिजीवीहरुले स्वतन्त्रबाट उम्मेदवारी दिन समेत सल्लाह दिएको स्रोतले जनाएको छ ।
जनकपुरमा स्वतन्त्र उम्मेदवार बढी जितेकाले त्यतै तर्फ ध्यान केन्द्रित गर्न सल्लाह दिएको बताइएको छ ।

यादव निरक्षरलाई साक्षर, वृक्षा रोपण अभियान, दलित उत्थान लगायत विभिन्न सामाजिक क्षेत्रमा दूई दशकभन्दा बढी समय देखि सक्रिय रहेका छन ।

About Sujeet Jha

Check Also

स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउत सर्मथकहरुद्वारा जनकपुरमा प्रदर्शन, प्रदेश २ का सरकारले संघिय सरकारको एजेन्टको रुपमा कार्य गरिरहेका राउतको आरोप

दूधमती समाचारदाता जनकपुरधाम, असाज ३ । स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउत सर्मथकहरुले प्रहरीको …

One comment

  1. Ram Hriday Yadav

    Janakpur up maha Nagar palikako umedbarko Lagi Samaj sebi Sri man Amarchandra Anil ji lai sab manonit banaunu paryo…Uhale nisawarth rupma bigat dekhi nai Janakpur basi lagait sampurn manish harulai seba didai aairaheko x…Sewa r janakpur mathi maya mamta vayeko baikti uha hunuhunx .Taisaile uha lai nir birodh meyar banaunu parx vane sabai lai hardik anurodh gardaixu…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com