दूधमती समाचारदाता
जनकपुरधाम, २३ असार ।
गरीबहरुका लागि कपडा सहयोग गर्नमा महत्वपूर्ण योगदान गरिरहेका क्लोथ बैंकलाई हंसपुर नगरपालिकाले सहयोग गरेको छ । जनता समाजवादी पार्टीका नेता राजीब झाको नेतृत्वमा सो बैंक सञ्चालित रहेको छ ।
धनुषा स्थित हंसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले क्लोथ बैंक धनुषालाई अढाई लाख सहयोग गरेका छन् । क्लोथ बैंक धनुषामा सोमवार एक कार्यक्रमका विच अढाई लाखका चेक क्लोथ बैंकका अध्यक्ष राजिव झालाई हस्तान्तरण गरेका छन् ।
विभिन्न समयमा कपडाको खाँचो रहेकाहरुलाई क्लोथ बैंक धनुषाले गर्दै आई रहेको सहयोगवाट प्रभावित भई सो रकम बैंकलाई सहयोग गरिएको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले बताएका छन् ।
उनले क्लोथ बैंक धनुषाले विगतमा गरेको कार्य सराहनीय रहेको बताएका थिए । संस्थाको गठन भएको दिनलाई स्मरण गर्दै उनले भने–‘यो संस्था स्थापना गर्न
क्लोथ बैंक धनुषाका कोषाध्यष रुवि झाले हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल लगायत सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्दै सहयोगकालागि अभार व्यक्त गरेका थिए ।
उनले यस्तै प्रकारले सहयोग जारी रह्यो भने निकट भविष्यमा कपडा बेगर कोहि पनि नरहने बताएकी थिइन् । उनले सञ्चार माध्ययमहरुलाई यसको प्रचार प्रसारमा तिव्रता ल्याई दिनकालागि आग्रह गरेकी थिइन् ।
क्लोथ बैंक वर्षभरी निशुल्क कपडा वितरण गर्दै आएको छ । जसलाई कपडा छ हामीलाई दिनुस जसलाई कपडा छैन उसलाई हामीले उपलब्ध गराउने छु क्लोथ बैंकका अध्यक्ष राजीब झाले वताए ।

यो पनि पढ्नु होस्

corona

corona update