Home / राजनीति / जनकपुरको मेयरको उम्मेदवार बन्न होडवाजी, कांग्रेसबाट रामसरोज यादवको उम्मेदवारीको प्रबल सम्भावना ।। प्रकाशचन्द्र, लालकिशोर र हिराको पनि चर्चा

जनकपुरको मेयरको उम्मेदवार बन्न होडवाजी, कांग्रेसबाट रामसरोज यादवको उम्मेदवारीको प्रबल सम्भावना ।। प्रकाशचन्द्र, लालकिशोर र हिराको पनि चर्चा

सुजीतकुमार झा ।
जनकपुरधाम, बैशाख १२ ।
सरकार र मधेशी मोर्चा बिच सहमती भए लगत्तै जनकपुर लगायत मधेशका जिल्लाहरुमा सम्भावित उम्मेदवारहरुको होडवाजी शुरु भएको छ । नेपाली कांग्रेसबाट जनकपुर उपमहानगरपालिकाका लागि आधा दर्जनभन्दा बढी व्यक्ति अकांक्षी देखिएका छन ।
कांग्रेस स्रोतका अनुसार नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवलाई मेयरका लागि उम्मेदवार बनाउने प्रबल सम्भावना रहेको छ । यादव जनकपुर उपमहानगरपालिका १२ कुवाका मतदाता समेत रहेका छन । हुनत यादवले मेयरको उम्मेदवार बन्ने आफूलाई कुनै अकांक्षा नरहेको दूधमतीसंग कुरा गर्दै बताएका छन । तर पार्टीले कुनै बरिष्ठ नेतालाई नै जनकपुरबाट उम्मेदवार बनाउने उहाँले दावी गर्नुभयो ।
सभापति यादवका लागि धनुषाका केही सांसदहरुले पनि लबिङ्ग गरिरहेका छन । यादवको नाउँमा कांग्रेसको दूबै लबिमा सहमती हुन सक्ने सम्भावना रहेको छ । उप प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नै जनकपुरको उम्मेदवारका लागि अन्तिम फैसला गर्नु हुनेछ ।
देउवा लबिबाट जनकपुर उपमहानगरपालिकाको मेयरका लागि पूर्व उप मेयर किशोरी साह, रामानन्द युवा क्लवका पूर्व अध्यक्ष जीवनाथ चौधरी, नेपाली कांग्रेसका नगर सभापति मनोज साह र जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्याम प्रसाद साहको नाउँ चर्चामा रहेको छ ।
यसैगरी कोइराला लबिबाट जनकपुरका पूर्व मेयर बजरंग प्रसाद साह, कांग्रेसका पूर्व नगर अध्यक्ष धीरेन्द्र मोहन झा, युवा नेता परमेश्वर साह, पूर्व क्षेत्रीय सभापति हरिशंकर साह, प्रभावशाली नेता श्रीराम साहको नाउँ पनि चर्चामा रहेको छ । पूर्व मेयर साह भ्रष्टाचारी काण्डमा सजाय पाएकाले उनको उम्मेदवारीमा समस्या आउन सक्ने केही कानुनी विश्लेषकहरुले बताएका छन । तर कोइराला लबिले उहाँको नाउँ पनि अगाडि सारेको छ ।
कांग्रेसबाट उपमेयरका लागि निलम कर्ण, सम्झना वर्मा र अनिता श्रीवास्तवको नाउँ पनि चर्चामा रहेको छ । कांग्रेसले अन्य महिलाको नाउँ पनि खोजी गरिरहेको छ ।
अन्य पार्टीबाट पनि उम्मेदवारका नाउँहरु चर्चामा रहेका छन । राष्ट्रिय जनता पार्टीबाट लालकिशोर साह, नयाँ शक्ति पार्टीबाट प्रकाशचन्द्र साहको नाउँ पनि अगाडि आईरहेको छ ।
सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष रामअशिष यादव, जनकपुर उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष शिवशंकर साह हिराको नाउँ पनि चर्चामा रहेको छ ।

About Sujeet Jha

Check Also

प्रदेश २ को प्रदेशसभाको बैठक अनिश्चतकालका लागि स्थगित

सुजीतकुमार झा जनकपुरधाम, बैशाख २० । नेपाली कांग्रेसका विद्यायकहरुको विरोधका कारण प्रदेश २ को प्रदेशसभाको …

One comment

  1. naya shakti ko nagar adhyaksh ma chhu naya shakti ko sab neta jaba bargaining ma lagnu bha thyo teti khera party lai hamile jeebit rakhyau ra aile aayera aru ko naam aakhir yuva lai sadhai tiraskar kina garinchha ….galat news sampresan na garnu ….naya shakti bata janakpur nagar sanyojak rakesh#bikram sah aafai ladchha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com