दूधमती समाचारदाता
जनकपुरधाम, १९ असार ।
बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकामा दुई वडाका स्थानीयबिच झडप भएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।
वडा नम्बर २ र ३ अर्थात दुहबी र गोबराहीका स्थानीयबीच झडप हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।


बर्थिङ सेन्टर बनाउने विषयमा उनीहरुबिच आपसमा दुई दिनदेखि विवाद हुँदै आएको र आज झडप नै भएको प्रहरी उपरीक्षक बस्नेतले बताए । एक पक्षले विद्यालयको जग्गामा बनाउँदा सबै पक्षबीच विमर्श गर्नुपर्ने भनाइ स्थानीयको रहेको छ ।
दुई पक्षबीचको झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् भने एक जनाको कान समेत काटिएको प्रहरीले जनाएको छ । झडपको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । भीडलाई तितरबितर बनाउन त्यहाँ प्रहरी पुगेपछि दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।
जसपा नेता राजीव झाको मांग
यता जनता समाजवादी पार्टीका नेता राजीब झाले एक विज्ञप्ति जारी गरी दुहबी र गोबराही एक अर्काको पुरक हो दुहबी बिना गोबराही पुर्ण छैन र गोबराही बिना दुहबी।दुहबी र गोबराहिमा बर्थिंग सेन्टर बनाउने बिबाद पनि होइन जनाएका छन ।

बिबाद कहाँ हो भने १५–२० बर्ष पहिले वार्ड नम्बर २ मा स्वास्थ कार्यालय निर्माणका लागि सामजप्रती जिम्मेवारी बोध गर्दै त्यतिबेलाको उदार जमिनदार स्व. रामजतन कुसियैत आफ्नो निजि जग्गा दानमा दिएका थिए। केही बर्ष पहिले उहाँ आफ्नो पुन्यकर्म अनुसार परलोकधाम प्राप्त गरि सक्नु भयो आज आएर उहाँको छोराहरू उक्त जग्गा स्वास्थ्य कार्यालयको नाममा नामसारी नगरिदिएको कारण २०७० सालमा भवन निर्माणको लागि स्वास्थ्य मन्त्रालयबाट आएको २ करोड रुपैया फिर्ता भयो । अर्को चोटि ५७ लाख रुपैया पनि फिर्ता भएको दुबै गाउँ बासिकोलाई पीडा छ उनले लेखेका छन । सबैको मान्यता के छ भने कुनै नयाँ निर्माण गर्नु भन्दा पहिले उक्त जग्गा संस्थाको नाममा दर्ता गरिदिनु अनि निर्माण गर्नु पछि गएर दाताको अंसियारहरु जग्गा सहित भवन नै कब्जा गर्ने दिन आयो भने दाताले गरेको पुन्य कर्मको अपमान हुन्छ झाले विज्ञप्तिमा लेखेका छन ।
यसै क्रममा वार्ड नम्बर २ को अध्यक्ष श्रवन कुसियैत सोझा साझा निर्दोष दुहबी गाउँ बासिलाइ आफ्नो स्वार्थी राजनीतिको कुचक्रमा फसाएर एक आपसमा लडाउने दुसप्रयास गरिरहेको उनको कथन रहेको छ । यस्ता दुस्प्रयासबाट बच्न दुबै गाउँ बासिलाइ उनले आग्रह गरेका छन । दुबै ग्रामबासी एक आपसमा बसेर छलफल गरि दुबै गाउका दोषि ब्यक्तिलाइ सामाजिक बहिस्कार गर्नु पर्छ र छरिएको भ्रमलाइ निरुत्साहित गर्नु पर्छ उनको मांग रहेको छ ।
झडपमा घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै स्कुल चौकमा रहेको केही पसलमा आगजनी सहित लुटपाट समेत गरेको जानकारी प्राप्त भएको छ यस घटनाबाट प्रभाबितलाइ उचित छतिपुर्ती सहित दोषी जोकोहिलाइ उन्मुक्ति नदिई कडा भन्दा कडा सजायको नेता झाले मांग गरेका छन ।

यो पनि पढ्नु होस्

corona

corona update