दूधमती समाचारदाता
जनकपुरधाम

महोत्तरीको मटिहानी स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (क्याम्पस)मा कबाडाका पैसा पनि प्राचार्यले खाने गरेको छ । विद्यापीठका प्राचार्य वीरेन्द्र लाल कर्ण र लेखा प्रमुख दिनेश ठाकुर दूबै मिलेर कबडाका समानहरु बिक्रीगरी पैसाको आम्दानी विद्यापीठ दाखिला गर्नुका साटो गोजीमा हाल्ने गरेको बताइएको छ ।
केही महिना अघि १० हजारको पुरानो छड(रड)हरु बिक्री गरिएको थियो । सो पैसा लेखा प्रमुख ठाकुरलाई एक महिना अघि नै कबडा व्यवसायीले बुझएका थिए । तर विद्यापीठमा दाखिला नगरेपछि कर्मचारी र विद्यार्थीहरुले विरोध गरेका छन् ।
यसअघि आँपको एउटा रुख विद्यापीठका प्राचार्य कर्णले बिक्री गरि गोजीमा पैसा हालेका थिए । आँपको रुख ३ महिना अघि मोचन ठाकुरले किनेका थिए ।
कहिले विद्यापीठका प्राचार्य गोजीमा पैसा हाल्ने गर्छन त कहिले लेखा प्रमुखले । विवाद हुँदा मात्रै विद्यापीठको आम्दानीमा राख्ने गरिएको छ । कर्णको चर्चिकला व्शिवविद्यालयका अधिकारीहरुलाई थाहा हुँदा पनि उहाँलाई कारबाही नगर्नुका कारण रहस्य बनेको छ ।

लेखक बारे