महोत्तरीको २ नगरपालिकामा पौष्टिक आहार वितरण

Byदूधमती साप्ताहिक

२९ फाल्गुन २०८०, मंगलवार ०५:०५ २९ फाल्गुन २०८०, मंगलवार ०५:०५ २९ फाल्गुन २०८०, मंगलवार ०५:०५ ,

दूधमती समाचारदाता
जनकपुरधाम

महोत्तरी जिल्लाको दूई नगरपालिकामा पौष्टिक आहार वितरण गरिएको छ ।
इस्लामिक रिलिफ वल्डवाइडको आर्थिक तथा प्राविधिक सहयोगमा दलित समाज उत्थान समिति नेपाल, महोत्तरी द्वारा सन् २०२४ अन्तर्गत कार्यक्रम भएको छ ।
महोत्तरीको बलवा नगरपालिकाको वडा नं. १, २, ३ र ७ मा १३ सय ३७ घरधुरी र लोहारपट्टी नगरपालिका वडा नं. २ र ७ मा ८सय ३३ घरधुरी गरी कुल जम्मा २१ सय ७० अतिविपन्न, दलितमुस्लिम र गीरबलाई ६हजार रुपैया बराबरको खाद्यान सामग्री वितरण गरिएको छ ।
सामाग्रीमा कतरनी चामल, सरसोको खाने तेल, पिठो, चानाको दाल, मुसुराकोे दाल, अरहरको दाल, खुर्सानीको धुलो, धनीयाको धुलो, स्वाबिन, चाना, नुन आदि रहेको थियो ।
कार्यक्रममा दलित समाज उत्थान समिति नेपाल, महोत्तरीको संस्थापक अध्यक्ष सुनिल ठाकुर, वर्तमान अध्यक्ष डेजी पाण्डेय सो वितरण कार्यक्रमको उदघाटन गरेका थिए । उक्त कार्यक्रको अनुगमन इस्लामिक रिलिफ वल्र्डवाइडका प्रतिनिधि, पालिकाको प्रतिनिधि, संस्थाका प्रतिनिधि तथा वडाका वडा अध्यक्षद्वारा गरिएको थियो ।

लेखक बारे