बभनगामा माविमा अख्तियारको टोली

Byदूधमती साप्ताहिक

३ फाल्गुन २०८०, बिहीबार १६:२२ ३ फाल्गुन २०८०, बिहीबार १६:२२ ३ फाल्गुन २०८०, बिहीबार १६:२२ ,

दूधमती समाचारदाता
जनकपुरधाम

जनकपुरधाम २५ स्थित लोहना बभनगामाको श्री कन्टिर झा नमूना माध्यमिक विद्यालयमा अख्तियारको टोली पुगी घण्टो सोधपुछ गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाले पुस्तकालयका लागि उपलब्ध गराएका साढे ६ लाख रुपैयामा कति किताब किनिएको त्यसको छानबिन गरेको छ । पुस्तकालयको सम्बन्धमा अख्यितयारमा उजुरी परेकाले छानबीनका लागि टोली बभनगामा मावि पुगेको अख्तियारको बर्दिवास कार्यालयका एकजना अधिकारीले जनाएका छन् ।
पुस्तकालय स्थापनाको बेला सो विद्यालयका प्रधानाध्यापक श्रीचन्द्र साह रहेकाले त्यस सम्बन्धमा आफूलाई बढि़ जानकारी नरेको र अख्तियारले माँगेका जानकारीहरु उपलब्ध गराएको विद्यालयका वर्तमान प्रधानाध्यापक शैलेन्द्र मल्लिकले दूधमतीलाई जानकारी गराएका छन् । पुस्तकालयमा कति किताब रहेको त्यसको गिन्ती गरेर पनि अख्तियारको टोली लगेको छ ।

लेखक बारे