दूधमती समाचारदाता
जनकपुरधाम

नेपाल औषधि व्यवसायी संघ धनुषा जिल्ला शाखाको नवनिर्वाचित पदाधिकारीहरुको पदहस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष प्रमोदकुमार अग्रवाल ‘पप्पु’ को कार्य समितिले पद तथा गोपनियताका सपथ लिएका छन ।
समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश सरकार स्वास्थ्य क्षेत्रमा सर्वोत्तम कार्य गरिरहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेशले विभिन्न ऐनहरु पनि बनाएको छ, र त्यही रुपमा कार्य पनि बढाएको छ ।’
निवर्तमान हुनु भएका संघका अध्यक्ष सत्यनारायण साहको सभापतित्वमा भएको सो समारोहमा मधेश प्रदेशका जसपाका सचेतक रामअशिष यादव, जनकपुरधामका मेयर मनोजकुमार साह, उपमेयर किशोरी साह, संघका पूर्व अध्यक्ष बजरंग प्रसाद साह, रामजी साह, जउबासंघका अध्यक्ष जितेन्द्र महसेठ, लगायतले बोल्नु भएको थियो ।

लेखक बारे