दूधमती समाचारदाता
जनकपुरधाम

सेवाग्राहीसँग जनकपुरधामको कर्मचारीहरुहरुले राम्रो व्यवहार नगरिरहेको आरोप लागि रहेको बेला शिक्षा समितिका दूईजना वरिष्ठ अधिकारीको दादागिरि फेरी सार्वजनिक भएको छ । शिक्षा समितिका अधिकारी मिहिलाल यादव र अञ्जु पाण्डेले जनकपुरधामको हिमाली इंगलिस बोडिगं स्कुलका सञ्चालक दिपेन्द्र साहसँग अभद्र व्यवहार गरेको छ ।
दूबै अधिकारीले जनकपुरधामका सबै निजि विद्यालय इलिगल रहेको र सबैलाई जेलमा कोच्छु धम्की दिएका छन् । एन प्यावसन जनकपुरधाम, हिसान धनुषा र प्यावसन जनकपुरधामले संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनको चेतावनी दिएका छन् । बुधवार मध्यान्ह १२ बजेसम्म दूबै कर्मचारीलाई कारवाही नगरिए चरणवद्ध आन्दोलन गर्ने सो विज्ञप्तिमा उल्लेख रहेको छ ।
स्कुलको कामलाई लिएर साह नगरपालिका पुगेका थिए । नगरपालिकामा मेयर मनोज साह आएपछि कर्मचारीहरुमा अराजकता बढेको आरोप सेवाग्राहीहरु ल्गाउने गर्छन् ।

लेखक बारे