दूधमती समाचारदाता
जनकपुरधाम

नेपाल औषधि व्यवसायी संघ धनुषाको अध्यक्षमा प्रमोदकुमार अग्रवाल निर्वाचित भएका छन् । जनकपुरधाम क्षेत्रको सबैभन्दा ठूलो औषधीका थोक विक्रेता रहेका अग्रवाल यसअघि संघका महासचिव भइसकेका थिए ।नवनिर्वाचित अध्यक्ष अग्रवाललाई एक सय ४६ मत आएको छ भने उहाँको निकटतम प्रतिद्वन्दी मनोजकुमार साहलाई ८५ मत आएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा राजकिशोर साह, उपाध्यक्ष (थोक) सन्तोष कुमार साह, उपाध्यक्ष(खुद्रा) रामनाथप्रसाद साह, महासचिवमा डा. सरोजराय यादव, सचिवमा मनीशंकर प्रसाद साह, कोषाध्यक्षमा चन्द्रभुषणप्रसाद साह, सहकोषाध्यक्षमा विनोद पजियार निर्वाचित भएका छन् । यसैगरी सदस्य (थोक) प्रमोदकुमार ठाकुर, सदस्य (खुद्रा) जयशंकर साह, सदस्य मनोहर ठाकुर, संजय जलान, धैर्यकान्त झा विजयी भएका छन् ।

 

लेखक बारे