दूधमती समाचारदाता
राजविराज
पूर्व उपप्रधानमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले खुल्ला सीमा नेपाली जनताको लागि वरदान भएको बताउनु भएको छ । नेपाल भारत बिच प्राकृतिक र पौराणिक सम्बन्ध रहेको सत्यलाई सबैले बुझनुपर्ने उहाँले वताउनुभयो ।
नेपाल भारत खुल्ला सीमा सम्वाद समूह सप्तरीले राजविराजमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल भारत प्रवृद्ध समूहमा मधेशको प्रतिनिधित्व नरहेकोले सीमामा बस्ने मधेसीको भावना र समस्या सम्बोधन हुदैन यसर्थ उक्त समुहको कुनै प्रतिवेदन हामी मान्दैनौ । सीमाको संरचना हुनुपूर्व नै नेपाल भारतको आफ्नै प्रकारको (सहोदर)अनुपम सम्बन्ध रहेकोले सरकार, प्रशासनिक र सुरक्षाकर्मीको व्यवहार सीमाक्षेत्र बासीसँग मित्रबत गर्नुपर्छ उहाँको कथन थियो ।
नेपाल भारत खुल्ला सीमा सम्वाद समूहको अध्यक्ष राजीव झाले हामी नेपाल भारत खुल्ला सीमानाको पक्षमा रहेको बताउनुभएको छ । उहाँले भनुभयो जहाँ संसार खुल्ला सिमानाको कुरा गरिरहेको बेला नेपाल भारतको सदियोदेखिको सम्बन्ध खराब गर्नमा लागेको छ जसलाई हामीले स्वीकार गर्दैनौ ।
‘भारतसँगको खुल्ला सीमाले काठमाण्डौमा सुन तस्करी भएको होइन र सुनको पैसा सीमामा बस्ने नागरिकको उपयोगमा प्रयोग भएको छैन । मधेशप्रति राज्यले देखाउदै आएको द्वेध चरित्र हाम्रो समस्या हो न की खुल्ला सीमाना,’ अध्यक्ष झाले भनुभयो ।
अहिले नेपाल भारत बीच रहेको १४ सय किलोमिटर खुल्ला सिमानाकालाई ७० वटा सिमा मात्र खुल्ला राखेर बाँकी सबै बन्द गर्नुपर्ने कथित बिज्ञहरुले दिएको सुझाव एक दम गलत रहेको अध्यक्ष झाले सुझाब दिनुभयो ।
राजविराज कुनौली सम्वन्धकै कारण हाम्रो व्यापारको सटर खुल्छ र बन्द हुन्छ यसर्थः नागरिक स्तरमा खाध वस्तु नेपाल लग्न रोकेका छैन । लागु औषधको समस्याले सीमाको दुबैदेशको युवा वर्वाद भइरहेको छ । पक्की पुल केन्द्रिय सरकार बीचको पहलले मात्रै बन्ने भारत कुनौली पंचायतको पूर्व मुखिया अरविन्द गुप्ताले बताउनुभयो ।
छिन्नमस्ता गाउँपालिका लालापट्टी न्यौर सीमा क्षेत्रमा बस्ने नागरिक लक्ष्मण यादवले भन्नुभयो पाँच पर्वदेखि सम्वाद समूहले सीमाको समस्या र नागरिक सम्बन्धको विषयमा काम गर्दै आएका छन् । युगान्तरसम्म नेपाल भारत भूमि र नागरिकबीच सम्बन्ध छ । सीमामा हुने बदमासी राज्यले नियन्त्रण गर्नुपर्छ तर नेपाल भारत एउटै शरीरको दुई हात भएकोले सीमा खुल्ला रहनु छ ।
राजनिति शुन्यताको कारण नेपाल सरकारले मधेशीसँग भारतको सम्वन्धमा तारकाँटा लगाएर विर्गान खोज्ने सुनियोजित मनशाय पूरा हुदै गएको छ । हामी मधेशी अर्को सीमाक्षेत्रमा जन्मिनु नै हामी जस्तो मधेशी नागरिकको दुर्भाग्य रहेको दुईदेशीय अभियन्ता दिपेन्द्र चौधरीको बुझाई रहेको छ । रम्पुरा मल्हनिया कोशीले छुट्याएको भारतसँगको सीमाको पिडाले राती सप्तरीमा निदाए तर विहान आँखा खुल्दा सुनसरीको बासी बनायो । नेपालीले भारतीय बजारमा गएर बेचेको नेपाली रकम लिएर नेपाल पस्दा नेपालका सुरक्षा निकाय समातेर श्रोत खुलाउन भन्नु असान्दर्भिक भएको सीमाक्षेत्रका नागरिक राम नारायण यादवले भनुभयो ।
नेपाल भारत खुल्ला सीमा सम्बाद समूहले यसअघि जनकपुरधाम, सुनसरी, नेपालगञ्जमा कार्यक्रम गरिसकेको छ । सबै कार्यक्रममा सहभागि भएका दूबै देशका विभिन्न क्षेत्रका व्यक्तिले सीमामा कुनै रोकबाट स्वीकार्य हुँदैन बताएका थिए ।

लेखक बारे