सुजीतकुमार झा

जनकपुरधाम

विद्यालय तहका बालबालिकाहरूको प्रतिभाको पहिचान गरी उनीहरूको सिर्जनशीलता, भाषिक सीप र दक्षतालाई बाहिर निकाल्न जनकपुरधाममा साहित्यिक कार्यक्रम तथा गोष्ठीहरु भइरहेको छ । यस्ता कथा गोष्ठी र कवि गोष्ठीहरुमा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहने गरेको छ ।
विद्यार्थीलाई कक्षा कोठामा मात्रै पढाएर नपुग्ने र वास्तविक जीवनमा नै पुगेर जस्ताको तस्तै उतार्न खोजिएको छ । गोष्ठीहरुका कारणले दर्जनो विद्यार्थी लेखक बनिरहेका छन् ।
छात्रा शिवानी मिश्राले कथा गोठीमा आउन थालेपछि लेखन कार्य बढेको बताइन । उनले महिनामा अहिले आफू दूई वटा सम्म कथा लेखि रहेको बताइन ।
छात्रा मनिषा साहले पढाइ बाहेक कथा कविताको पुस्तक पढने बानी वनाएको जसले लेखन कार्यमा निखार आइरहेको बताइन ।
छात्रा कल्पना ठाकुरले साहित्य आफनो फेवरेट विषय रहेको र गोष्ठीमा सहभागि भएपछि लेखन कार्य बढेको बताइन ।
छात्रा स्नेहा चौधरीले आमाले साहित्य लेखन प्रेरित गरेको वताइन । गोष्ठीमा आउन थालेपछि लेखन कार्य बढेको उनको कथन थियो ।
मैथिली विकास कोषले महिनाको पहिलो शनिवार कथा गोष्ठी गरिरहेको छ । सो कोषले कवि गोष्ठीको पनि तैयारी गरिरहेको छ । हाम्रो लक्ष्य विद्यार्थीलाई साहित्य तर्फ आकर्षित गराएर मैथिलीको युवा पीढी तैयार गर्नु रहेको कोषका अध्यक्ष जीवनाथ चौधरीले वताए ।
कथाकार समेत रहेका मधेश मिडिया प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जुन परिवेशमा कथा लेखिन्छ त्यहीको पृष्ठिभूमिका लेख्न कथाकारहरुलाई कथा लेखन गर्न सलाह दिएका छन् । पठित कथामाथि त्यहाँ विज्ञहरुले सल्लाह दिने गर्छन् । यो कार्यक्रम सिक्ने सिकाउने गोष्ठी जस्तो पनि बनेको छ । यादवले आज पठित सम्र्पूण कथामाथि समीक्षा गरेका थिए । बाचन गरिएको कथा मध्ये प्रथम द्वितियलाई पुरस्कार पनि प्रदान गरियो । प्रथम शिवानी मिश्र र द्वितिया मनिषा साह भएकी थिइन ।
कोमल साहको अध्यक्षतामा भएको सो कथा गोष्ठीमा मनिषा साह, कल्पना ठाकुर, अनन्त साह, अभिराज साह, स्नेहा चौधरी, रितिका यादव, रमण नायक, रोहन यादव, विश्वास साह, धीरज यादव, युवराज मिश्र, अजाद वहाव, सुहेव प्रताप, अभिशेषकुमार यादव, नितु महरा, राधिका पंजियार, खुशी शर्मा, शिवानी मिश्र, अमरकान्त अमर, उदय यदुबंशी, सुजीत कुमार झा, श्यामसुन्दर यादव कथा पाठ गरेका थिए ।
स्वगत मन्तव्य गुड्डु झा, कथा लेखन सम्बन्धमा कोषका सदस्य रामचन्द्र दास र शिक्षक विपिन मिश्रले आफना धारणा राखेका थिए ।

लेखक बारे