दूधमती समाचारदाता
जनकपुरधाम

लोसपाका केन्द्रिय सदस्य संजय चौधरीले पार्टीको नेतृत्व परिवर्तन गर्न माँग गरेका छन् । अहिलेको पाराले पार्टी चल्न नसक्ने बताउँदै उहाँले भन्नुभयो –उमेरका कारणले पार्टी अध्यक्ष महन्थ ठाकुरले कार्य गर्न सकिरहनु भएको छैन, नयाँ नेतृत्व चाहियो ।
अध्यक्ष ठाकुरलाई मार्गदर्शकमा राखेर सक्रिय व्यक्तिलाई अध्यक्षमा ल्याउनु पर्ने उहाँले सुझाब दिनु भएको छ । दूधमतीसँग कुरा गर्दै केन्द्रिय सदस्य चौधरीले पार्टीको लाइन सम्म अहिले क्लियर छैन, हाम्रा मुद्दाहरु ओझेलमा परेको बताउनुभयो । कसलाई नयाँ अध्यक्ष बनाउनु पर्ने प्रश्नमा उहाँले भन्नुभयो – यसका लागि पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा सहितका नेतासँग सल्लाह लिएर अघि बढनु पर्छ । जो सक्रिय छन् फिल्डमा खट्न सक्छन त्यसलाई ल्याउनु पर्छ उहाँको कथन थियो ।
यथास्थितिमा पार्टीलाई छोडिदियो भने क्रिमहरु पार्टीवाट हट्ने खतरा रहेको समेत उहाँले बताउनु भयो ।

लेखक बारे