दूधमती समाचारदाता
जनकपुरधाम
जनकपुरधाम ४ को सरस्वती नगर स्थित निर्माणाधिन त्रिलोकनाथ मन्दिरस्थलमा हनुमान अराधना कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा धनुषाको लक्ष्मीनिया गाउँपालिका भंगहाको मैथिली सांस्कृतिक टीमद्वारा विभिन्न झाँकीहरु प्रदर्शन गर्नुका साथै भजन गायन पनि भएको छ ।
सो स्थलमा स्थानीयवासीहरुको भीड लागेको थियो । हनुमान अराधनामा पुगेका प्रदेश सांसद एवं एमाले नेता दिपेन्द्र ठाकुरले मन्दिर निर्माणमा आफू पनि सहयोग गर्ने बताए । टेन्ट जस्तो बनाएर त्रिलोकनाथ महादेवको सो स्थलमा पूजा भइरहेको छ ।
समारोहमा पूर्व सिडियो रामरतन मिश्र, समाजसेवी अमरचन्द्र अनिल, राजनीतिकर्मी श्रवणकुमार झा ‘लालबाबू’, नथुनीलाल दास, जनमत पार्टीका नेता रामबाबु साह, रामचन्द्र मुखिया, विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष संतोष साह, मोहन हिन्दू, राम युवा कमिटी जनकपुरधामका पूर्व अध्यक्ष शम्भुप्रसाद शाह ‘प्रेमी’ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका संयोजक अडिटर पेशासँग आबद्ध रामवैदेही मिश्र थिए । उहाँले एक वर्ष भित्रै त्रिलोकनाथ बाबाको भव्य मन्दिर बनाउने टोलवासी तैयारी गरिरहेको जानकारी दिए ।

लेखक बारे