दूधमती समाचारदाता
जनकपुरधाम
अन्तर्राष्ट्रिय रक्तदाता अर्जूनप्रसाद मैनालीद्वारा धनुषा जिल्लाका २० विपन्न परिवारलाई राहत वितरण गरिएको छ । नेपालीहरुको प्रमुख पर्व छठको पूर्व सन्ध्यामा सो राहत वितरण गरिएको छ ।
अमेरिकामा रहेका मैनालीद्वारा पठाइएको सहयोगमा ९ जनालाई कम्बल, ४ जनालाई लुगा र ७ जनालाई अनाज वितरण गरिएको छ । ‘छठको बेला अनाज पाउँदा तत्कालका लागि ठूलो राहत भएको,’ जनकपुरधाम ४ का मोहन साहले वताए । मोहन रिक्सा चलाएर गुजारा गर्दै आएका थिए । टेम्पु आएपछि उनी विस्थापित भएका छन् । मोहनका श्रीमति विभिन्न घरमा गएर भाडा सफा गर्ने काम गर्छिन ।
लक्ष्मीनिया गाउँपालिकाका मेहर खातुनले लुगा पाउँदा धेरै खुशी भएको बताइन् । अन्तर्राष्ट्रिय रक्तदाता मैनालीले कोरोनाका बेला पनि राहत पठाइदिएका थिए । ‘आफू अमेरिकामा काम गर्ने गरेको र कमाएर केही गरीबका लागि छुटियाउने गरेको र त्यही पैसा स्वदेशका भाइबहिनीका लागि पठाउने गरेको,’ उनले बताए ।
रक्तदान गरी संसारमा नाम कमाएका मैनालीको विपन्न परिकारका लागि पर्वको बेला पठाउने गरेको सहयोगको पनि प्रशंसा भइरहेको छ ।
लेखक बारे
