दूधमती समाचारदाता
जनकपुरधाम
मैथिली विकास कोषको आयोजनामा प्रत्येक महिनाको पहिलो शनिवार हुने कथा गोष्ठी आज सम्पन्न भएको छ । सो गोष्ठीमा वक्ताहरुले लेखनका लागि अध्ययन बढाउन सुझाब दिएका छन् ।
बाचन गरिएका कथामाथि समीक्षा गर्दै रमेशरञ्जन झाले जुन परिवेशमा कथा लेखिन्छ त्यहीको पृष्ठिभूमिका लेख्न कथाकारहरुलाई कथा लेखन गर्न सल्लाह दिएका छन् । मासिक कथा अभियानले नयाँ कथाकार बढनमा सघाउ पुग्ने उहाँको कथन रहेको थियो ।
बाचन गरिएको कथा मध्ये छात्रा शिवानी मिश्रको कथा उत्कृष्ठ भएको थियो । शिवानीलाई कोषका अध्यक्ष जीवनाथ चौधरीले सम्मान गरेका छन् ।
सो गोष्ठीमा डा. विजय दत्त, सुजीतकुमार झा, गुड्डु झा, काशीकान्त झा, शिवानी मिश्र सहितले कथा बाचन गरेका थिए ।
स्वागत मन्तव्य दीपक ठाकुर र कथामाथि टिप्पणी छात्रा शुभेक्षा कुमारी साहले गरेकी थिइन ।
समारोहमा रामानन्द युवा क्लवका अध्यक्ष आशुतोष झा, जनकपुर युथ क्लवका पूर्व अध्यक्ष गोविन्द राय लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
लेखक बारे
