सुजीतकुमार झा
जनकपुरधाम
मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तद्वारा लिखित ‘विदेह सभ्यता’ पुस्तक माथि परिचर्चा कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । सो पुस्तक मैथिली र नेपाली भाषामा लेखिएको छ ।
मैथिली विकास कोषद्वारा आयोजित सो कार्यक्रममा वक्ताहरुले यो पुस्तकको माधयमले विदेह सभ्यताको पुनः चर्चा गराएको वताए । उहाँहरुले यो पुस्तकको माध्यमले धेरै नविन कुरोहरु बाहिर आएको वताए ।
हुनत केही समीक्षकहरुले पुर्नलेखन गर्न सुझाब दिएका थिए । समीक्षक रोशन जनकपुरीले सभ्यता देखाउन वृहत कुरोहरु राख्नुपर्ने आवश्यकता रहेको वताए । उहाँले पुस्तक लेख्दा हतारमा होइन, गहन छलफल गरेर लेख्न लेखकलाई सुझाब दिए ।
कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै डा. रेवतीरमण लालले यो पुस्तकको माध्यमले युवा पुस्ताले विदेह सभ्यताको इतिहास बुझने बताए ।
संविधानसभाका सदस्य शीतल झाले पुस्तकको टिपोट मात्र बन्न सकेकाले वृहतगर्न, विभिन्न तत्वहरु राख्न सुझाब दिएका छन् ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले कुनै पुस्तक आफैमा पुर्न हुँदैन जसको उदाहरण हो अहिलेपनि विभिन्न कोणवाट रामायण र महाभारतहरु ल्ेखाइरहेको चर्चा गर्दै केहीकुरोहरु समेटी पुर्नलेखन गर्न लेखकलाई सुझाब दिएका छन् ।
वरिष्ठ पत्रकार मिश्रीलाल मधुकरले विदेह सभ्यता पुस्तक ज्यादै उपयोगी रहेकाले यसलाई हिन्दी र अंग्रेजी भाषामा प्रकाशन गर्न सल्लाह दिएका छन् ।
पुस्तकका लेखक डा. विजय दत्तले विदेह सभ्यतामा प्राचीनदेखि अहिलेसम्मका झलक दिएको बताउँदै यसको माध्यमले यहाँका नव पुस्तालाई प्रेरणा दिने आफुहरुको लक्ष्य रहेको वताए ।
मैथिली विकास कोषका अधयक्ष जीवनाथ चौधरीले अनुसन्धानमूलक पुस्तक लेखनमा युवा पीढिलाई लाग्न सल्लाह दिएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सचिव पुरन गुप्ता सहितका वक्ताहरुले बोल्नु भएको थियो ।
समारोहमा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
लेखक बारे
