दूधमती समाचारदाता
जनकपुरधाम
मुक्त ज्ञानकोशको रुपमा संचारभरी चर्चित रहेका विकिपीडियाको मैथिली संस्करणको नवौ वार्षिकोत्सव जनकपुरधाममा मनाइएको छ । जनकपुरधामको रामानन्दचौकमा केक काटेर तथा मैनवत्ती प्रज्वलन गरि वार्षिकोत्सव मनाइएको छ ।
विकिपीडिया एउटा मुक्त ज्ञानकोश छन् जोसंसारभरीका योगदानकर्ताहरुद्वारा सम्पादित गरिन्छ । बहुभाषी, वेब आधारित मुक्त सामग्री ज्ञानकोष परियोजना रहेका छन् विकिपीडिया शब्द दूई शब्द – विकि तथा एनसाइक्लोपीडियावाट बनेको छ ।
मैथिली विकिपिडिया निर्माणसंग जुड़ेका अविनाश झाले विकिपिडियाको समग्रता र विस्तारका लागि सबै संग सहकार्यको अपेक्षा गरेको बताए । उनले मिथिला र मैथिली क्षेत्रमा कार्यरत अभियानहरुको समन्वयमा अझै प्रभावकारी नतिजा र सूचना मिथिला बारे पस्किन सकिने बताउँदै सबैले सहयोग गर्नुपर्ने बताए ।
समारोहमा मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीले विकिपिडिया सहित मैथिलीका लागि हुने सकारात्मक कार्यको सञ्चालनका लागि आफुले मैथिली विकास कोषको भवनमै स्थान सुरक्षित गरिदिने बताउँदैै यस माध्यमबाट मिथिला र मैथिलीको हरेक गतिविधि इन्टरनेटमा सुरक्षित र सार्वजानिकका लागि प्रयत्न गर्न आग्रह गरे ।
विकिपिडिया अभियानसँग आबद्ध पत्रकार ध्रुब झाले विकिमिडियामा कसरी लेख्ने त्यसका लागि विशेष अभियान चलाइने जानकारी दिनुभयो ।
सो अवसरमा नेपाली कांग्रेसका युवा नेता कृष्णा सिंह, मासका अध्यक्ष सरोज मिश्र, खेलाडी गुड्डु पाण्डे, बदरीनाथ झा सहितको उपस्थिति थियो ।
लेखक बारे
