दूधमती समाचारदाता
जनकपुरधाम
जानकी आवासीय माध्यमिक विद्यालय जनकपुरधामको आयोजनामा सांस्कृतिक कार्यक्रम र फेन्सी ड्रेस कम्पीटिशन कार्यक्रम सम्पन्न भएको छ ।
सो समारोहमा वक्ताहरुले विद्यार्थीहरुको जीवनविकासका लागि अतिरिक्त क्रियाकलापमा सहभागि गराउनुपर्छ वताए । उमेर सुहाउँदो र समयसापेक्ष ज्ञान दिनु बाहेक विद्यालयको महत्वपूर्ण काम हो, हरेक विद्यार्थीको व्यक्तित्वको सबै आयामको विकास गर्नु । अतिरिक्त क्रियाकलाप व्यक्तित्व विकासको निम्ति महत्वपूर्ण र प्रभावकारी अस्त्र सिद्ध भइसकेको छ । अतिरिक्त क्रियाकलाप विना विद्यालय सर्वथा अधुरो र अपुरो नै रहन्छ । पढाइ बढाउनका लागि पनि अतिरिक्त क्रियाकलाप आवश्यक रहेको उहाँहरुको कथन थियो ।
विद्यालयका प्रिन्सिपल प्रमोद अग्रवालले अतिरिक्त भनेको फाल्तु हैन, मूल पाठ्यक्रम बाहिरको मात्र हो । बाहिरको भए पनि अनिवार्य क्रियाकलाप नै हो वताए । उहाँले भन्नुभयो, ‘आधुनिक शिक्षाशास्त्रले यसै भन्छ । विद्यालयमा विद्यार्थीले ज्ञान मात्र आर्जन गर्ने होइन, त्यहाँ उसको व्यक्तित्वका विभिन्न आयामको विकास पनि हुनुपर्छ भन्ने मान्यताका कारण नै अतिरिक्त क्रियाकलापको अवधारणा आएको हो ।’
समारोहमा गीत एवं नृत्य तर्फ प्रकृति थापा, अफसा खातुन, रिया साह, सोनी साह, विवेचना प्रसाइ, अञ्जली पाठक, स्वाती झा, समियरा खातुन, रुही साह, आशिका मण्डल, नजमी खातुन, आन्या, राखी पण्डित, अमन मण्डल, रौनक शर्मा, रवि साह, अलोक साह, सोनाकक्षी ठाकुर, प्राची, रञ्जना, अनुशा मण्डल, स्वेता साह, रितिका मण्डल, स्नेहा दास, प्रिति साह, संस्कृति दत्त, अयुसा साह, मुस्कान यादव, साकक्षी मण्डल, शिवाली सिंह, अनकिता साकक्षी, दिव्या साह, आरोही ठाकुर, काशिष मण्डल, प्रिति झा, रघु पण्डित, प्रियानी साह, आयुष्टी यादव भाग लिएका थिए ।
यसैगरी फेन्सी ड्रेस कम्पीटिशनमा निरभ अधिकारी, क्रितिका मण्डल, साहिल राइन, आर्यन साफी, विमान मल्लिक, सवरिन खातुन, फैसल साही, आतिश साह, आरुष यादव, आराध्या मण्डल, रुकसाना खातुन, राजनन्दन साह, अक्षर मिश्र, रियांश राज, इसु साह, रेहान राइन, फैजना खातुन, राजा गहतवार, मनिषा यादव सहभागि भएका थिए ।
विद्यालयमा यसअघि भएका विभिन्न प्रतियोगितामा विजयी भएका छात्र–छात्रालाई सोही समारोहमा सम्मान गरियो ।
लेखक बारे
