दूधमती समाचारदाता
जनकपुरधाम

सञ्चारकर्मीहरुसँग सेभ द चिल्ड्रेनका प्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । जनकपुरधाममा आयोजित सो कार्यक्रममा सेभ द चिल्ड्रेनका वर्दिवास स्थित क्षेत्रीय कार्यालयका प्रमुख धन भुषालले मधेश प्रदेशका २१ पलिमामा सो संस्थाले वालवालिकाका लागि कार्य गरिरहेको जानकारी दिएका छन् । सप्तरीको ६, महोत्तरीको ७, वाराको ३, सर्लाहीको ४ र धनुषाको १ वटा नगरपालिका रहेको छ ।

वलवालिकाको आधारभूत गुणस्तरीय शिक्षा, वालसुरक्षा, स्वास्थ्य र गरीवी न्यूनिकरण सहितका लागि सो संस्थाले कार्य गरिरहेको छ । मधेशको ४४० विद्यालयमा सो संस्थाको पहुँच रहेको छ ।
समारोहमा वक्ताहरुले वालवालिकाको आवाज बनिदिन सबैलाई सुझाब दिएका थिए । सेभ द चिल्ड्रेनले मानव सूचकाङ्कले पछाडि परेको मधेश प्रदेश तथा कर्णाली प्रदेशलाई उच्च प्राथमिकतामा राखेर संघ, प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गरेर काम गरिरहेको छ ।
शिक्षामा काम गर्न पत्रकारहरुलाई प्रोत्साहित गर्न फेलोसिप, प्रशिक्षण र अनुगमन सहितका कार्यहरु शुरु गर्न सञ्चारकर्मीहरुले सुझाव दिएका छन् ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले वालवालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुले पहिला फिल्ड भिजिट गराउथ्यो यसले सकारात्मक एवं कमजोरी भएका कुरोहरु पत्रकारहरुले उठाउँदै आएको तर केही वर्षदेखि त्यो कार्यक्रम हटाएकाले त्यहाँ के भइरहेको छ त्यो सञ्चारमाध्यममा आउन छोडेको वताए । त्यस्ता भिजिट कार्यक्रमलाई निरन्तरता दिन सुझाब दिनुभयो ।
नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष सुनिता वरालले सञ्चारमाध्यम भनेको राष्ट्रिय मात्रै नभइ स्थानीय पनि भएकाले सेभ द चिल्ड्रेन सहितका संस्थाले स्थानीय मिडियामा काम गर्ने पत्रकारलाई प्रोत्साहन दिनु पर्ने सुझाब दिएका छन् ।
सेभ द चिल्ड्रेनका वरिष्ठ फिल्ड अफिसर उमेशकुमार गुप्ता लगायतल बोल्नु भएको थियो ।
अन्तरक्रियामा धनुषा तथा महोत्तरीका पत्रकारहरूको सहभागिता रहेको थियो ।

लेखक बारे