दूधमती समाचारदाता
जनकपुरधाम

एकता बचत तथा ऋण सहकारी संस्था लि.को १३ औ वार्षिक साधारणसभा जनकपुरधाममा एक समारोहका बीच सम्पन्न भएको छ ।
समारोहमा वक्ताहरुले देशको आर्थिक विकासमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्लाई थप व्यवस्थित गर्न आवश्यक भएको बताए । मुलुकमा सहकारीले गरेको योगदानले देशमा आर्थिक संमृद्धी भएको उहाँहरुको कथन थियो ।
समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, पूर्व उपमेयर असगर अली, युवा नेता एवं माँ जानकी वस व्यवसायी संघका अध्यक्ष मनोजकुमार चौधरी, सहकारीका कैलाश जैन लगायतले बोल्नु भएको थियो । उदघाटन समारोहमा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

लेखक बारे