दूधमती समाचारदाता
जनकपुरधाम
मैथिली विकास कोषको आयोजनामा कथा गोष्ठि सम्पन्न भएको छ । मैथिली भाषाको सो कथा गोष्ठिमा कोमल साह, अभिराजकुमार साह, कल्पना साह, सोनम साह, शिवानी मिश्र, मनिषा साहले कथा वाचन गरेका थिए ।
पत्रकार सुजीतकुमार झाले पनि कथापाठ गरेका थिए ।
प्रत्येक महिनाको पहिलो शनिवार कोषले विद्यार्थी केन्द्रित कथा गोष्ठि गर्ने गरेको छ । पठित कथामाथि समीक्षा गर्दै कोषका सदस्य रामचन्द्र दासले कथामा नयाँ कथ्य र शिल्पमा जोड दिन कथाकारहरुलाई सुझाव दिनु भएको छ । लेख्नेहरुले बढी पढ़नुपर्छ अनि मात्रै राम्रो कथा बन्ने पनि उहाँको सुझाव थियो । घटना प्रधान र कल्पना दूबै ढंगको कथाको चर्चा गर्दै उहाँले भन्नुभयो कल्पनामा घटनालाई र घटनामा कल्पनालाई जोडदा अझै राम्रो कथा बन्ने छ ।
कथा गोष्ठिमा प्रथम भएका सोनम साह र द्वितिय भएका कल्पना साहलाई कोषका अध्यक्ष जीवनाथ चौधरीले पुरस्कारको रुपमा पुस्तक प्रदान गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता अभिराजकुमार साहले गरेका थिए ।
लेखक बारे
