सुजीतकुमार झा
जनकपुरधाम
एनईएको बैशाख २४ गते हुने निर्वाचनका लागि
जनता समाजवादी पार्टी नेपाल समर्थित राष्ट्रिय इन्जिनियर संघको तर्फबाट प्रदेश २ को अध्यक्षमा भगवान झाले उम्मेदवारी दिएका छन । डिभिजन सिंचाई कार्यालय धनुषाका सिडिइ झाले एक जुलुस सहित अधिकृत संगम धनुषामा रहेको एनईएको निर्वाचन कार्यालमा उम्मेदवारी दर्ता गराएका छन ।
सो अवसरमा रेसका केन्द्रिय उपाध्यक्ष सुशिल झा, सचिवद्वय भवेश मिश्र, सुरज साह, प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनका रमण कोइराला, महादेव मण्डल, ललित साह, विजय थारु, हैदर अलि आदिको सहभागिता रहेको थियो ।

उम्मेदवारी दर्ता गराउनु अघि प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को जनसंगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन र जनता समाजवादी पार्टी, नेपाल समर्थित राष्ट्रिय इन्जिनियर संघबीच चुनावी गठबन्धन भएको थियो । दुई संगठनले चुनावमा संयुक्त प्यानल बनाउने सहमति गरेको थियो । प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनका अध्यक्ष ई. शम्भु बहादुर श्रेष्ठ र जसपा समर्थित संघका अध्यक्ष ई. भगवान झाले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्र तथा प्रदेशहरुमा संयुक्त रुपमा चुनावी तयारी गर्ने जानकारी दिएका थिए् । नेपाल इन्जिनियर्स एशोसियसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो प्रदेृश कार्यकारिणी समितिको चुनाव वैशाख २४ मा हुँदैछ । उक्त सहमति समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईसमेत सहभागी थिए ।

यो पनि पढ्नु होस्

corona

corona update