यसपालीको महामूर्ख नेपालका चर्चित हास्यकला महजोडी, मूर्ख शिरोमणिको उपाधि मन्त्री सोनललाई

Byदूधमती साप्ताहिक

१६ चैत्र २०७७, सोमबार ०३:३७ १६ चैत्र २०७७, सोमबार ०३:३७ १६ चैत्र २०७७, सोमबार ०३:३७

सुजीत कुमार झा
जनकपुरधाम
होली पर्वको अवसरमा जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा यस वर्षको महामूर्खको उपाधी नेपालका चर्चित हास्य कालाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह )जोडीलाई प्रदान गरिएको छ ।

होली महोत्सव तथा महामूर्ख सम्मेलनमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कलाकारद्वयलाई महामुर्खको उपाधी प्रदान गरेका छन । मिथिला नाटय कला परिषदको आयोजनामा होली पर्वको पुर्वसन्ध्यामा जानकी मन्दिर परिसरमा प्रत्येक वर्ष महामुर्ख सम्मेलनको आयोजना हुदै आएको छ । यस वर्ष महामूर्खको उपाधि प्रख्यात कालाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश अर्चायलाई प्रदान गरेको छ । त्यसैगरि, मूर्ख शिरोमणिको उपाधी प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ । जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवलाई चोन्हमा,जनकपुरधाम उपमहानगरपालिका–४ का वडाअध्यक्ष सुदर्शन सिंहलाई वैशाखन्द, जसपा नेता राजिव झालाई वंश कुरहैर पदवीदिएको छ ।

त्यसैगरि जसपा नेतृ विन्दु ठाकुरलाई खुपसुरती, नेपाल शिक्षक संघका प्रदेश २ अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, चित्रकार एससी सुमनलाई तरघुसका, स्वच्छता अभियानी सुरेश शर्मालाई हराशंख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत सुजित झालाई सिलौटानन्द, साहित्यकार एवं गीतकार अशोक दत्तलाई वोतलानन्द, मोडेल क्याम्पसका सञ्चालक वीरेन्द्र साहलाई लोढाशंकर, कराँतेका प्रशिक्षक वीरेन्द्र कर्णलाई बज्रकिट र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पटमूर्ख, नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष शीतल साहलाई ढोरबा, शंकर साहलाई मुसरीलालको उपाधि प्रदान गरियो ।
सो समारोहमा व्यंग्यात्मक कार्यक्रमहरु गरिएको थियो ।
मिनापले ०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरेको थियो । ०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, ०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, ०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, ०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, ०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, ०६६ मा पूर्वमन्त्री रामचन्द्र झालाई प्रदान गरिएको थियो ।

त्यस्तै, ०६७ सालमा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, ०६८ मा साहित्यकार रामभरोष कापडिी भ्रमर, ०६९ मा नेपाली काँंग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, ०७० मा जसपा नेता डा. विजयकुमार सिंह, ०७१ मा प्रदेशसभा सदस्य शत्रुघन महतो, ०७२ मा समसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

त्यस्तै ०७३ सालमा सप्तरीको मलेठमा तत्कालीन नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम मिनापले स्थगित गरेको थियो ।

०७४ मा महामूर्खको उपाधि पूर्वराष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, ०७५ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई प्रदान गरिएको थियो । त्यस्तै, ०७६ सालमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

यो पनि पढ्नु होस्

corona

corona update