सुजीत कुमार झा
जनकपुरधाम
फागु पर्वमा केन्द्रित रहेर जनकपुरधामममा मैथिली कवि गोष्ठी सम्पन्न भएको छ । मैथिली विकास कोषद्वारा आयोजित सो गोष्ठीमा कविहरुले कविता वाचन गर्नुका साथै जोगिरा गीत गाएका थिए ।
कवि गोष्ठीमा रोशन जनकपुरी, विनोदचन्द्र झा, महेन्द्रकुमार मिश्र, अशोक दत्त, राकेशकुमार झा रसिक, सुजीतकुमार झा, डा. गायत्री झा, दिगम्बर झा दिनमणि, नरेश ठाकुर, धीरेन्द्र झा मैथिल, पुनम झा मैथिल, सरोज मिश्र,राजेन्द्र ललन, निला घिमिरे, मनोज प्रमेश, राजेशकुमार महतो, राधा कोइराला, किरण झा रश्मि, मोती झा मिथिला, सपना कर्ण, अभाष कर्ण, रविन्द्रकुमार यादव, सुशिलकुमार यादव लगायतका कविहरुले कविता वाचन गरेका थिए ।
कवि विजय दत्त मणिको अध्यक्षतामा भएको सो समारोहमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जनकपुरधाम क्षेत्रमा साहित्यिक गतिविधिमा तेजीआएको बताउँदै पुस्तक प्रकाशनमा जोड दिनु भयो । पुस्तक प्रकाशन तर्फ मैथिली संस्थाहरुले कार्य गर्नुपर्ने उहाँको कथन रहेको थियो ।