सुजीत कुमार झा
जनकपुरधाम
अन्तगृह परिक्रमा संगै १५ दिने मिथिला मध्यमा परिक्रमा आज सम्पन्न भएको छ ।
सो परिक्रमाको आज अन्तिम दिन जनकपुर नगरको चारैतिर परिक्रमा गरिएको थियो । परिक्रमामा १० लाखभन्दा बढीको सहभागिता रहेको स्थानीयवासीहरुले जनाएका छन । परिक्रमामा मिथिला विहारी र किशोरीजीको डोला संगै जनकपुर क्षेत्रको धार्मिक स्थलहरुको
परिक्रमा गर्ने चलन रहेको छ । सांस्कृतिविद् पुनम झा मैथिलीले घरघरबाट यसमा सहभागि हुनु नै यसको महत्व दर्शाएको बताए ।
मिथिला विहारीको डोला र किशोरीजीको डोलासंगै जनकपुरका हरेका मन्दिरको छुट्टा छट्टै डोला
रहने गर्छ । अर्का सांस्कृतिविद् एवं जनक हजारी विद्यापीठ जनकपुरधामका प्राध्यापक रुद्रकुमार झाले यसको महात्म विष्णु पुराणमा समेत रहेको बताए ।
दूईसाता अघि जनकपरको हनुमान नगर बाट परिक्रमा शुरु भएको
थियो । नेपालको १ सय ७ किलो मिटर र भारतको २३ किलोमिटर गरी १ सय ३०
किलोमिटर पैदल घुमने परम्परा रहेको छ । परिक्रमाको क्रममा कलाणेश्वर,
गिरिजास्थान,मठिहानी,जलेश्वर,मडै,ध्रुबकुण्ड,कंचनवन,पवर्ता,धनुषाधाम,सतोषर, औरही,करुणा,विशौल घुमेको छ । भने आज जनकपुरको अन्तगृह परिक्रमा गरी यसको समापन गरिएको छ ।यो परिक्रममा सहभागी हुँदा १ सय
८ तीर्थ स्थल बराबरको फल प्राप्त हुने जनविश्वास रहेको छ ।राजनीतिकर्मी राजीब झाले आफू १२ बर्षको उमेरदेखि लगातार परिक्रमा गर्दै आएको बताए । उनको घरका हरेक सदस्य परिक्रमामा सहभागि रहने गर्छन ।
परिक्रमामा
सहभागिहरुका लागी विभिन्न समाजिक संस्थाहरुले निशुल्क भोजन र स्वास्थ्य शिविर
राखेका थिए ।

यो पनि पढ्नु होस्

corona

corona update