सुजीतकुमार झा
जनकपुरधाम
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को विभिन्न स्थानमा विकासको गति दिन शिलान्यास कार्यक्रम गरिएको छ । प्रदेश २ सरकारको विभिन्न मन्त्रालयले सो कार्य अगाडि बढाएको छ ।
नगराइन नगरपालिका वडा नम्बर ८ मा सामुदायिक भवनको निर्माण कार्य शुरु गरिएको छ । सोही नगरपालिका वडा नम्बर–६ बिर्तामा भुइया माइ थानको पनि शिलान्यास गरिएको छ । यसैगरी धनौजी गाउँपालिका वडा नम्बर–१ लखौरीमा भगवान लक्ष्मीनारायण मंन्दिर निर्माणको कार्य पनि शुरु गरिएको छ । भररियामा सामुदायिक भवन, फुलगामामा बर्थिग सेन्टर, तुलसियाहीमा कभर्ड हलको पनि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य राजिव झाको प्रमुख आतिथित्वमा सम्पन्न भएको सो समारोहमा झाका अतिरिक्त जसपाका केस मनोज चौधरी, अधिवक्ता श्याम मिश्रा, जिल्ला समन्वय समितिका उपसभापति दिपक झा, ममता चौधरीले पनि विभिन्न स्थानमा शिलान्यास गरेका छन ।
समारोहमा बोल्दै केन्द्रिय सदस्य राजिव झाले राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ मा चुनाब जितेपछि चौतर्फी विकासको कार्यलाई तीब्रता दिएको बताए । उनले भने राम्रो व्यक्तिलाई जिताउँदा विकास कार्य बढछ यसको उदाहरण यो क्षेत्रलाई देख्न सकिन्छ ।
समारोहमा अर्का केन्द्रिय सदस्य मनोज चौधरीले विकासको लाभ जनताले लिनु पर्छ बताए । सडक, सिचाई, भौतिक निर्माण लगायतका कार्यहरु आउने दिनमा अझै बढने जानकारी दिए ।
सो अवसरमा जसपा नेता राजु चौधरी,अनिल महासेठ, बरिस्ठ चिकित्सक डा अजय मिश्रा, जिबेन्द्र झा, श्याम साह लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नु होस्

corona

corona update