सुजीतकुमार झा
जनकपुरधाम
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीको नवनिर्मित प्रशासनिक एवं पुस्तकालय भवनको शुक्रबार एक समारोहका बीच उदघाटन गरिएको छ । विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले उदघाटन गर्दै मटिहानी विद्यापीठलाई सुविधा सम्पन्न बनाउने बताए । नेपाल भारतको सीमामा रहेको यो विद्यापीठवाट दूबैतर्फका विद्यार्थीहरु शिक्षा ग्रहण गर्दै आएको चर्चा गर्दै उनले भने नियमित पढाइ जारी राख्नुस भवन वा अन्य कार्यको अभाव हुन दिन्न ।
एक करोड १४ लाख ८२ हजार ७ सय १३ रुपैया ४६ पैसामा दुई तल्ले सो भवन बनाइएको छ ।
उद्घाटन समारोहमा बोल्दै मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले सीमामा रहेको यो विद्यापीठलाई नमूना बनाउन सुझाब दिएका छन । फेरी संस्कृतको पढाईप्रति विद्यार्थी संसारभरि आकर्षित हुन थालेकाले यस्ता विद्यापीठहरुको आउने दिनमा अझै महत्व बढने उहाँको कथन रहेको थियो ।
विद्यापीठका प्राचार्य धीरेन्द्रकुमार झाले लक्ष्मीनारायण विद्यापीठमा प्रशासनीक भवन पुस्तकालय र छात्रावासको आवश्यकता रहेको थियो दुइटा कार्य भइसक्यो अब छात्रावास र शिक्षक एवं कर्मचारी अवास निर्माण तर्फ आफू लाग्ने जानकारी दिए । यसका लागि विश्वविद्यालयलाई सहयोग गर्न उनले आग्रह गरे ।
संस्कृत विश्वविद्यालयमा बाल्मीकि पछि लक्ष्मीनारायण विद्यापीठमा निरन्तर पढाइ भइरहेको जानकारी दिदै उनले भने पढाईमा आफू कुनै सम्झौता गर्दिन्न, विद्यापीठको मुख्य कार्य नै पढाई रहेको छ ।
समारोहमा वडाध्यक्ष गणेशप्रसाद साह, माओवादीका राजकिशोर मण्डल, नेपाली कांग्रेसका बैजु मण्डल, जनक हजारी विद्यापीठका प्रचार्य श्याम गोइत लगायतका बक्ताहरुले बोलेका थिए ।

यो पनि पढ्नु होस्

corona

corona update