सुजीतकुमार झा
जनकपुरधाम, १८ फागुन ।
जनकपुर साहित्य महोत्सव बुधवारदेखि भइरहेको छ । सो महोत्सवमा नेपालका राजनीति, साहित्य, व्यापार कला संस्कृतिका हस्तीहरु सहभागि हुनेछन ।


जानकी मन्दिरको प्रागंणमा नवमिथिला फाउण्डेशनको आयोजनमा हुने महोत्सवको तैयारी पूरा भएको आयोजक कमिटीका भूपेन्द्र खडकाले जनाएका छन ।

फागुन १९ गतेदेखि २२ गतेसम्म हुने महोत्सवमा जानकी दर्शन, जाऔ जनकपुर, प्रविधि र संस्कृति, साहित्यमा सीमाञ्चल, किताब वर्णदेखि बस्तुसम्म, कसले देला सुशासन, सिनेमाको रंग, सम्पादनको सकस, विदेशको यात्रा  आशा कि लाश,अन्तवार्ताकारहरुको अन्तवार्ता, आ–आफनै कथा, समायिक राजनीतिमागन्थन, मैथिल मिठास, मुखियाको मर्म, वैदेहीहरु, मेरो नगरको कथा लगायतको विषयमा चर्चा गरिने छ । समारोहमा सांस्कृतिक कार्यक्रम, मैथिली भोजन र कवि गोष्ठी जस्ता कार्यक्रम पनि राखिएको छ ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गर्ने सो कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, उद्योगी व्यवसायी विनोद चौधरी, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मी, सिके लाल, राजनीतिकर्मी प्रदीप गिरि लगायतको सहभागिता रहने छ ।
यसप्रकारको कार्यक्रमले अन्तराष्ट्रिय क्षेत्रमा जनकपुरधामको महत्व बढने जनकपुर साहित्य महोत्सवका मनिष झाले बताए ।

गतवर्षपनि जनकपुरधाममा जनकपुर साहित्य महोत्सव गरिएको थियो ।
महोत्सवको आयोजक कमिटीका निर्देशक दिलभूषण पाठकले जनकपुरधाम फोहर मात्रै होइन यहाँ धेरै राम्रा कुरोपनि रहेका छन त्यो सन्देश पनि लग्नु यस्ता कार्यक्रमको उद्देश्य रहेको बताए । जनकपुर साहित्य महोत्सव आयोजक कमिटीले यससम्बन्ध आज एक पत्रकार सम्मेलन गरी समारोहका सम्बन्धमा जानकारी गराएका छन ।

यो पनि पढ्नु होस्

corona

corona update